कलेजका विद्यार्थीसँग गिटारिस्ट बिष्ट

कलेजका विद्यार्थीसँग गिटारिस्ट बिष्ट

काठमाडौः नामी कलेजका विद्यार्थीसँग निर्वाण बिष्टले क्रिसमस इभ मनाएका छन् । विश्वको सबैभन्दा छिटो गितार बजाउने बिष्टको उपस्थितिमा कलेजले क्रिसमस इभ मनाएको हो ।

कार्यक्रममा बिष्टले कलेजका विद्यार्थीलाई दुई वर्षको अन्तरालमा विश्वको सबैभन्दा छिटो गितार बजाउने व्यक्तिका रूपमा स्थापित भएको आफ्नो अनुभव सुनाएका थिए । साथै उनले कार्यक्रममा ‘फ्लाइट अफ द बम्बलबी' मा गितार बजाएर सुनाएका थिए । फ्लाइट अफ द बम्बलबीमा उनले बजाएको गितारको गतिले सन २०१५ मा विश्व रेकर्ड राख्न सफल भएको थियो ।

एमबीए, बीबीए, बीएसी, कम्प्युटर नेटवर्क इन्जिनियरिङ, वातावरणीय साइन्सजस्ता विषयको अध्यापन गराउँदै आएको कलेजले आफ्ना विद्यार्थीलाई अतिरिक्त कार्यक्रममा सहभागी गराउने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.