एनबी इन्सुरेन्समा ढकाल
काठमाडौः एनबी इन्सुरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् । आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ढकाललाई अध्यक्षमा नियुक्त गरेको हो ।
ढकाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायमा संलग्न आईएमई ग्रुपअन्तर्गतका विभिन्न संस्थामा प्रबन्ध सञ्चालक रहेका छन् । त्यसैगरी उनी काठमाडौं फनपार्क (चन्द्रागिरि हिल्स) लिमिटेडलगायत विभिन्न संस्थाका पनि सञ्चालक हुन् । व्यवस्थापनमा स्नातकोत्तर उपाधी हासिल गरी एक सफल उद्योगी तथा व्यवसायी ढकालको नेतृत्वमा कम्पनीले अझै प्रगति गर्ने विश्वास लिइएको छ ।