सुटबुट मेलामा फेसन सो

सुटबुट मेलामा फेसन सो

काठमाडौः राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा चलिरेको १३ औं जुत्ता प्रदर्शनीमा फेसन सोको आयोजना गरिएको छ । फुटवेयर म्यानुफ्याक्चर एसोसिएसनको आयोजनामा आयोजित सोमा मोडलहरूले नेपाली ब्रान्डका विभिन्न जुत्ताचप्पल लगाएर नेपाली पहिरनमा र्‍यापमा क्वाटवाक गरेका थिए ।

उक्त फेसन सो मेला प्रदर्शनीस्थलमै आयोजना गरिएको थियो । मेलामा सिलाइ व्यवसायीको सहभागिता भएकाले मेलाको नारा नै नेपाली बुट नेपाली सुट रहेको छ । प्रदर्शनीमा स्वदेशी छालाका जुत्ता तथा वस्तु उत्पादक, स्वदेशी कपडा तथा सिलाइ व्यवसायीको सहभागिता छ ।

प्रदर्शनी मुख्यत नेपाली छालाका जुत्ता, ज्याकेट, ब्याग, सुट, पाइन्टका स्टल राखिएका छन् । हालसम्म करिब ७० हजार अवलोकनकर्ताले मेलाको अवलोकन गरिसकेका छन् । सोमबार नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललेसमेत मेलाको अवलोकन गरेका थिए । एक सय २५ स्टल रहेको मेलामा कपडा तथा सिलाइका १५, छालाजन्य वस्तुका दुई र अन्य जुत्ताचप्पलका स्टल रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.