नेपाल बंगलादेश बैंकको शाखा कञ्चनपुरमा
काठमाडौः नेपाल बंगलादेश बैंक लिमिटेडले शाखा विस्तारका क्रममा कञ्चनपुर जिल्लाको झलारी पीपलडाँडीमा आफ्नो ३७ औं शाखा सञ्चालनमा ल्याएको छ ।
उक्त शाखाको औपचारिक उद्घाटन बैंक सञ्चालक दीपक कार्कीले गरेका थिए । समारोहमा सञ्चालक माधवप्रसाद न्यौपाने, बैंकका नायब महाप्रबन्धक सुरेन्द्रभुषण श्रेष्ठ पनि उपस्थित दिए । साथै कार्यक्रममा बैंकको एटीएम पनि उद्घाटन गरिएको थियो ।
झलारी शाखासहित बैंकले ३७ शाखा, दुई एक्सटेन्सन काउन्टर, सात शाखारहित घरदैलो बैंकिङ सेवा तथा ३६ वटा एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको छ ।
बैंकको आर्थिक वर्ष २०७३÷७४ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कुल निक्षेप ३९ अर्ब ६० करोड, कुल कर्जा तीन अर्ब २७ करोड रहेको छ । साथै सोही अवधीमा बैंकको खुद नाफा २२ करोड ५० लाख पुगेको छ ।