गण्डकी बैंकको २० प्रतिशत बोनस
काठमाडौः गण्डकी विकास बैंकले आफ्ना सेयरधनीलाई २०.६० प्रतिशत बोनस दिने भएको छ । बैंकको सोमबार सम्पन्न तेह्रौं वार्षिक साधारण सभाले सेयरधनीलाई कर समायोजनसहित २०.६० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारीत गरेको हो ।
बैंकका अध्यक्ष पद्म प्रसाद पौडेलको अध्यक्षतामा बसेको सभाले बैंकको जारी तथा चुक्ता पुँजी वृद्धि गरी प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ । यसपश्चात बैंकको कुल चुक्ता पुँजी ६४ करोड ३९ लाख ५६ हजार रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।
सभाले विद्यमान संस्थापक र सर्वसाधरण सेयरधनीको सेयर अनुपात ७०ः३० लाई परिर्वतन गरी ५१ः४९ कायम गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ । बैंकले गत आर्थिक वर्षमा १३ करोड खुद मुनाफा आर्जन गरेको छ भने कुल निक्षेप पाँच अर्ब ५३ करोड र कर्जा लगानी चार अर्ब ६१ करोड रहेको छ ।