एनएमबी बैंकको ईएमभी चिप कार्ड
काठमाडौः एनएमबी बैंकले ईएमभी चिपयुक्त डेबिट, क्रेडिट तथा डलर कार्ड वितरण सुरु गरेको छ । माइक्रोप्रोसेसर चिप जडित उक्त कार्डबाट हरेक पटक कारोबार कम्प्लेक्स एलगोरिदमबाट इनक्रिप्ट गरिने हुँदा कार्डको डाटा चोरी तथा जालसाजीको सम्भावना अत्यन्त न्यून हुने बैंकले जनाएको छ ।
ईएमभी चिपयुक्त कार्डबाट एनएमबी बैंकका ग्राहकले देश तथा विदेशमासमेत सुरक्षित तथा सरल तरिकाले कार्ड प्रयोग गर्न पाउने बैंकले विश्वास लिएको छ ।