फिलिपिन्समा आएको ‘नक टेन’ आँधीमा परी ६ जनाको मृत्यु, १८ जना बेपत्ता

फिलिपिन्समा आएको ‘नक टेन’ आँधीमा परी ६ जनाको मृत्यु, १८ जना बेपत्ता

मनिला: क्रिसमस बिदाको बेला फिलिपिन्समा आएको ‘नक टेन’ आँधीमा परी ६ जनाको मृत्यु भएको छ। अन्य १८ जना बेपत्ता भएका छन्।

क्रिसमसको दिन आएको नक टेन प्रायः पूर्वी प्रान्तहरु प्रभावित भएको कारण सडक र खेतबारीमा बाढी पसेको थियो भने भवनहरुमा क्षति पुगेको सरकारी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । यद्यपी अत्याधिक जनसङ्ख्या रहेको राजधानी मनिला भने सुरक्षित रहेको अधिकारीहरुले बताएका छन् ।

नक टेन नामक सो आँधीले विषेश गरेर फिलिपिन्सको पूर्वी क्षेत्रमा बढी प्रभाव पारेको फिलिपिन्स प्रकोप अनुगमन निकायका प्रवक्ता मिना मरासिगानले जानकारी दिए। यस आँधीबाट प्रभावित भएकमा झण्डै चार लाख २९ हजार जनालाई असुरक्षित क्षेत्रका घरबाट सुरक्षित क्षेत्रमा उद्धार गरिएको छ । आँधी चलेका बेला ३०३ भन्दा बढी उडानहरु रद्ध भएको पनि अधिकारीहरुले बताएका छन् ।

आँधीले धेरै घरहरु र भौतिक संरचनाहरुमा असर परेको सरकारी स्रोतले जानकारी दिएको छ। 'दह्रो हावाका कारण हामीले धेरै घरहरु भत्किएको देखेका छौं, विद्यालय र अस्पतालकासमेत गरी विभिन्न भौतिक संरचनाहरु क्षतिग्रस्त भएका छन्, यथार्थ विवरणहरु आईसकेका छैनन्, के कति भौतिक संरचनाहरुमा क्षति पुगेको छ भन्ने स्पष्ट तथ्याङ्क हामीले संकलन गरिरहेका छौं,' प्रवक्ता मरासिगानले पत्रकारहरुलाई जानकारी दिए।

आँधीले राजधानी मनिलामा पनि भीषण बर्षा हावाहुरी ल्याउने अनुमान गरिएको थियो, जहाँ बाक्लो बस्ती छ । तर आँधीले पूर्वी क्षेत्रमा मात्रै असर पारेको छ। रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.