जोनी वाकर ग्रिन लेबल बजारमा

 जोनी वाकर ग्रिन लेबल बजारमा

काठमाडौः जोनी वाकरको ब्लेन्डेड माल्ट स्कच की बजारमा आएको छ । आफ्ना पारखीबाट भएको अत्यधिक मागका कारण यसको अत्यधिक मनपराइएको ब्लेन्डेड माल्ट स्कच कीलाई नेपालमा पुनः उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

सन् २००५ मा पेस गरिएको जोनी वाकर ग्रिन लेबल स्कटल्यान्डभरिका उत्तम डिस्टिलरीका माल्ट कीबाट तयार पारिएको की हो । यो कम्तीमा पनि १५ वर्षसम्म म्याचुअर गराइएको छ । जोनी वाकरले सन् २०१२ मा आफ्नो श्रेणीमा परिमार्जन गर्दै जोनी वाकर गोल्ड लेबल रिजर्भ र जोनी वाकर प्लाटिनम लेबलको बिक्री सुरु गरेसँगै ग्रिन लेबलको बिक्रीवितरणलाई ताइवानको बजारबाहेक विश्वका सबै मुलुकका बजारमा स्थगित गरेको थियो ।

जोनी वाकरले हालैमात्र उक्त स्वादलाई नेपाललगायत विश्वका बजारमा फेरि बिक्रीवितरण सुरु गरेको हो । जोनी वाकर ग्रिन लेबल केबल माल्ट कीको सम्मि श्रण हो । यसमा कुनै पनि ग्रेन की मिसावट नगरिएको कम्पनीले जनाएको छ । यो बृहत् गहनता र व्यापक स्वादको अनुभूतिका साथ सिंगल माल्ट ह्विस्कीको सम्पूर्ण गुण प्रदान गर्ने गरी द्वीप, उच्च भूभाग, निम्न भूभाग र स्पे साइडका प्यालेटबाट तयार पारिएको छ ।

टालिस्करले काठको धुवाँ, मरिच, अग्राख र घनीभूत फलयुक्त इस्ले अफ स्काईबाट शक्तिशाली स्वाद र गहन विशेषता प्रदान गर्ने कम्पनीको दाबी छ । जोनी वाकरको ग्लोबल ब्रान्ड डाइरेक्टर गाय इस्कोल्मले जोनी वाकर ग्रिन लेबल एउटा खास विशेषतापूर्ण ह्विस्की भएको बताएका छन् । उनले ग्राहकहरूको भावना बुझेर अत्यधिक मागलाई ध्यानमा राख्दै फेरि प्रस्तुत गरेको बताएका छन् ।

जोनी वाकर ग्रिन लेबल नेपालमा सीमित स्टोरमा उपलब्ध गराइएको छ । यसको मूल्य एक लिटरको आठ हजार र ७५० मिलिको ६ हजार एक सय ५० तोकिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.