ट्रान्क्युलिटी स्पाको नयाँ वर्ष अफर

ट्रान्क्युलिटी स्पाको नयाँ वर्ष अफर

काठमाडौः ट्रान्क्युलिटी स्पाले अंग्रेजी नयाँ वर्ष २०१७ का अवसरमा विशेष छूट योजना ल्याएको छ । उक्त योजनाअन्तर्गत स्पाको कुनै पनि सेवा एकपटक सशुल्क लिएपछि अर्कोपटकको सेवा निःशुल्क हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो सुविधा कम्पनीका सम्पूर्ण शाखाबाट प्राप्त गर्न सकिनेछ । यो योजना जनवरी महिनाभर लागू हुने स्पाका अध्यक्ष भुवन फैंजूले बताएका छन् । उनका अनुसार ट्रान्क्युलिटी स्पाले प्राकृतिक चिकित्सासँग सम्बन्धित विभिन्न आयुर्वेदिक थेरापी, एरोमा थेरापी, स्पाइनल थेरापी, शिरोधारा, सौना बाथ, स्टिम बाथ र योगा सेवा सर्वसुलभ मूल्यमा उपलब्ध गराउँदै आएको छ ।

स्पाले काठमाडौं, पोखरा र देशबाहिर मलेसियामा समेत शाखा विस्तार गरी सेवा प्रदान गर्दै आएको छ । स्पामा अन्तर्राष्ट्रिय स्तरका स्पासँग सम्बन्धित सामग्री प्रयोग गरिएको हुनाले यस किसिमको सेवाले शारीरिक थकान, मानसिक तनाव, जिउ दुखेको, नसा खुम्चिएको, भोक नलाग्ने, निद्रा नलाग्ने, युरिक एसिड, ब्लडप्रेसर, मधुमेह, माइग्रेन, पिनासजस्ता नसर्ने रोगलाई अत्यन्त उपयोगी हुने फैंजूले बताए । साथै स्पाकै व्यवस्थापनमा लाजिम्पाट काठमाडौंमा सीटीईभीटीबाट सम्बन्धन लिई ट्रान्क्युलिटी इन्टरनेसनल ब्युटी एकेडेमी सञ्चालन गर्दै आएको फैंजूले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.