सिटिजन्सलाई धितोपत्र दरखास्त अनुमति
काठमाडौः सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलन गर्ने अनुमति पाएको छ । योसँगै बैंकले धितोपत्र निष्कासन गर्दा लगानीकर्ताबाट दरखास्त बुझी लगानीकर्ताको खातामा रकम होल्ड गरी दरखास्त लिनेछ । यो सेवा माघ एक गतेबाट लागू हुने बैंकले जनाएको छ ।