मेगा बैंक र सम्सारा रेमिटबीच सम्झौता
काठमाडौः मेगा बैंक नेपाल लिमिटेड र सम्सारा रेमिट प्राइभेट लिमिटेडबीच रेमिट्यान्स कारोबार सम्झौता भएको छ । मेगा बैंकका तर्फबाट नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ र सम्सारा रेमिटका तर्फबाट कार्यकारी उपाध्यक्ष जीवनबाबु श्रेष्ठले मंगलबार रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतासँगै सम्सारा रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम मेगा बैंकको देशभरका शाखाबाट भुक्तानी गर्न सकिने भएको छ । यसैगरी सम्सारा रेमिटको सफ्टवेयरमार्फत स्वदेशभित्र रकम पठाउने र भुक्तानी लिन पाइने बैंकले जनाएको छ ।
सम्सारा रेमिटसँगको साझेदारीपछि विशेषगरी खाडी, जापान, युरोप र मलेसियाबाट रेमिट्यान्स कारोबार सहज हुने मेगा बैंकको विश्वास छ । सम्सारा मनीग्रामको सुपर एजेन्ट भएका कारण सबै देशबाट रकम पठाउन मनीग्रामबाट आएको रकम पनि मेगा बैंकबाट भुक्तानी लिन सकिने बैंकले जनाएको छ । मेगा बैंकको देशभर ४० वटा शाखा कार्यालय तथा १४ सय रेमिट एजेन्ट छन् ।