आइइसी कलेज फेसन एसीया अवार्डमा छनोट
काठमाडौः आइइसी कलेज अफ आर्ट एन्ड फेसन एसीयाको उत्कृष्ट पाँच फेसन अर्गनाइजेसनमा छनोट भएको छ । चाइनमा यहि पुस ३० गते हुने फेसन अवार्ड २०१६ को लागि कलेज छनोट भएको हो ।
यो अवार्ड फेसनको दुनियामा एसीयामा अस्कार अवार्डको रुपमा चिनिएको कलेजले जनाएको छ । अवार्ड कार्यक्रममा नेपाल लगाएत , चारत, चिन, हङकङ, मलेसिया, इन्डोनेसीया, थाइल्यान्ड, भियतनाम, कोरिया,श्रिलङ्का लगाएतका देशहरुको सहभागिता रहेको छ ।
सहभागी देशमध्य नेपाल फेसनमा सबै भन्दा कान्छो रहेको र त्यसमा पनि सहभागि भएर पाँचौंमा छनोट हुन सक्नु नेपालका साथै कलेजको लागि एउटा महत्वपुर्ण कुरा रहेको कलेजले जाएको छ । कलेजले नेपालमा फेसन डिजाइनका साथै इन्टेरिएर डिजाइमा कक्षा संञ्चालन गर्दै आएको छ ।