बागलुङमा अन्नपूर्ण रोड सो

बागलुङमा अन्नपूर्ण रोड सो

बागलुङः अन्नपूर्ण पोस्टले मंगलवार धौलागिरी अञ्चल सदरमुकाम बागलुङ बजारमा रोड सो आयोजना गरेको छ । पोखरा स्थित क्षत्रीय कार्यालयबाट आएका बजार प्रतिनिधिहरुको सहभागितामा रोड सो गरिएको हो ।

बजारको मुख्य लोकतान्त्रिक चोकबाट शुरु गरिएको अभियानमा धौलागिरी चोक, अस्पताल रोड, जिपपार्क, शिवधारा चोक, लालीगुराँस चोक, गुठी, राधाकृष्ण टोल, देउराली चोक, ट्राफिक चोक, हल्लन चोक लगायतका स्थान परिक्रमा गरिएको थियो ।

त्यस क्रममा बजार प्रतिनिधिले घर/घर, पसल/पसलमा पुगेर अन्नपूर्ण पोस्टको बार्षिक ग्राहक योजनाबारे जानकारी गराउँदै ग्राहक बनाएका थिए । उनीहरुले घरदैलोमा पुगेर पर्चा पम्पलेटहरु बितरण गरेका थिए । अन्नपूर्ण पोस्ट नियमित पढ्ने सोच लामो समयदेखी भए पनि अहिले बन्दा उपहार सहितको उपर्युक्त अवसर मिलेको पिताम्बर पौडेलले बताए ।

अभियानका क्रममा एकै दिन ५० भन्दा बढी ग्र्राहक बनेको अन्नपूर्ण पोष्टका क्षत्रीय बजार इन्चार्ज शिवहरी देवकोटाले बताए । ‘अञ्चलको सदरमुकाम पनि भएकाले बागलुङलाई केन्द्र बनाएर रोड सो आयोजना गरेका हौ, अन्नपूर्ण पोष्टका क्षत्रीय बजार इन्चार्ज देवकोटाले भने, पाठकहरुको चाहना अनुसार उपहार सहित पत्रिका पढ्ने अवसर पनि भएकाले रोड सो प्रभावकारी भयो ।’

अब बागलुङमा बिहान ११ बजे भित्र पत्रिका घर घरमा पुर्याइने उनले बताए । बागलुङमा स्थानीय रुपमा ३ वटा दैनिक प्रकाशित हुँदै आए पनि ढिला प्रकाशित हुँदा पाठकले गुनासो गर्दै आएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.