एमालेसहितका विपक्षीले संसद् चल्न दिएनन्

एमालेसहितका विपक्षीले संसद् चल्न दिएनन्

काठमाडौंः प्रमुख विपक्षी दल नेकपा एमाले लगायतका विपक्षी दलहरुको अबरोधका कारण बुधबार पनि संसद्‍ बैठक चल्न सकेन।

बुधवार सभामुख ओनसरी घर्ती मगरले संसद बैठक सुरु भएको घोषणा गर्नासाथ एमाले लगायतका विपक्षी दलका सांसद आआफ्नो ठाउँबाट उठेर अवरोध गरेका थिए। सरकारले संविधान संशोधन दर्ता गरेपछि एक महिनादेखि संसद् निरन्तर अवरुद्ध हुँदै आएको छ। 

अवरोधअघि संसद बैठकमा बोल्दै नेपाल परिवार दलका एकथान ढकालले संशोधनको प्रस्ताव राष्ट्रियता र अखण्डताको पक्षमा नरहेको भन्दै फिर्ता लिन माग गरे। उनले संशोधन प्रस्ताव फिर्ता नलिएसम्म संसद बैठक चल्न नसक्ने बताए।

आसन ग्रहण गर्न पटक पटक अनुरोध गरेपनि विपक्षी दलका सांसदहरुले  अवरोध गर्न नछोडेपछि सभामुख घर्तीले संसद बैठक बिहीबार १ बजेसम्मका लागि स्थगित गरेकी हुन्।

सरकारले संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि एमाले लगायतका विपक्षी दलहरुले मंसिर १५ देखि संसद बैठक अबरुद्ध गर्दै आएका छन्। सरकारले गत मंसिर १४ संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरे पनि अहिलेसम्म त्यो संसद् प्रवेश हुन सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.