सहमतिका आधारमा संशोधन प्रक्रिया अगाडि बढाऔँः बाबुराम

सहमतिका आधारमा संशोधन प्रक्रिया अगाडि बढाऔँः बाबुराम

काठमाडौँः नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्ताव राजनीतिक सहमतिका आधारमा परिमार्जनसहित पारित गर्नुपर्ने बताएका छन् ।

नयाँ शक्ति नेपालले बुधबार गरेको संविधान संशोधनको गतिरोध र समाधानका विकल्प विषयक गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै उनले संविधान संशोधनको विकल्प नभएकाले त्यसमा सहमति गरेर अगाडि जानुपर्ने बताएका हुन् ।

उनले भने, ‘संविधानको दिगो कार्यान्वयनका लागि संविधान संशोधन र त्यसपछि निर्वाचन आवश्यक छ । संविधान संशोधन र निर्वाचन एक अर्कासँग अभिभाज्य छन् । यी अलग विषय होइनन् ।’

उनले यी दुईवटा विषयलाई अलग गरे परिस्थिति उल्टो दिशामा जाने जिकिर गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा भट्टराईले विधेयकलाई सम्भव भएसम्म साझा बनाउन विशेष संवाद थाल्नुपर्नेमा जोड दिए ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको महत्वपूर्ण कार्यभार ‘राज्य पुनःसंरचना’ भएको बताउँदै डा भट्टराईले भने, ‘आदिवासी जनजाति, मधेसी–थारु र खस–आर्यको यथोचित स्थान हुनेगरी सङ्घीयता बनाऔँ ।’

संविधान संशोधन र तीनवटै निर्वाचनको घोषणा एकैपटक गर्न सकिने उहाँको भनाइ छ । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.