'नेपालका लागि भारत र चीन उच्च प्राथमिकतामा'

'नेपालका लागि भारत र चीन उच्च प्राथमिकतामा'

काठमाडौंः परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपालले भारत र चीन दुवै मुलुकसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको बताएका छन् । भारत र चीन दुवै मुलुकका स्वार्थ र आवश्यकता कसरी परिपूर्ति गर्न सकिन्छ भन्नेमा आफूहरु जानकार रहेको पनि महतको भनाइ छ ।

‘भारतसँगको सम्बन्ध चीनको सट्टामा होइन, चीनसँगको सम्बन्ध भारतको सट्टामा होइन । भारतसँग पनि राम्रो सम्बन्ध राख्न जरुरी छ, त्यो वास्तविकता हो,’ परराष्ट्र मन्त्री महतले भने, ‘चीनसँग पनि राम्रो सम्बन्ध राख्नुपर्छ भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ । त्यो जरुरी कुरा हो । हामी गरिरहेका छौं ।’

बुधवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले अघिल्लो सरकारले चीनसँग गरेका समझदारी कार्यान्वयन गर्ने काम भइरहेको समेत बताएका छन् ।

‘अघिल्लो सरकारले गरेका कतिपय समझदारी प्रति हामी प्रतिबद्ध छौँ, त्यो सैद्धान्तिक समझदारी थियो,’ पत्रकार सम्मेलनमा महतले भने, ‘त्यसलाई कार्यान्वयन गर्न कयौ बर्ष लाग्छ ।’

चीनसँग भएका सम्झौताका आधारमा ६ महिनामै रेल आइनसक्ने बताउदै महतले त्यसका लागि धेरै तह पूरा गर्नुपर्ने प्रष्ट पारेका छन् । ‘६ महिना अगाडि भएको समझदारी अनुसार रेल आइसक्ने, सडक बनिसक्ने,प्रसारण लाइन खडा भइसक्ने स्थिति हुँदैन’, महतले भने, ‘त्यसका लागि धेरै तहहरु पार गर्नुपर्छ, त्यसमा पनि हामी काम गरिरहेका छौँ ।’

चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरोका सचिवालय सदस्य लीउ छिपाओ र मंगोलियाका परराष्ट्रमन्त्रीको नेपाल भ्रमण एकै पटक हुनु संयोग मात्रै भएको मन्त्री महतले स्पष्टिकरण दिए ।

आफूहरुले एक चीन नीति प्रतिको प्रतिबद्धतालाई वेवास्ता नगरेको उल्लेख गर्दै मन्त्री महतले चीनसँग भएका समझदारी कार्यान्वयन गर्न सचिवस्तरको बैठक राख्नका लागि आफूहरुले चीनलाई पत्राचार गरिएको मन्त्री महतले बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.