वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन

वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन

काठमाडौः साहित्यकार कमलमणि दीक्षितको निधन भएको छ। दीक्षितको ८७ वर्षको उमेरमा बिहीबार बिहान २ः४५ बजे ललितपुरमा निधन भएको हो। साहित्य क्षेत्रमा क्रियाशील दीक्षितका थुप्रै फुटकर रचना र करिब ६० वटा पुस्तक प्रकाशित छन् ।

केही समयदेखि उनी श्वास प्रश्वासको समस्याबाट ग्रसित थिए । उनको बीएण्डबी अस्पतालमा उपचार भइरहेको थियो । दीक्षितको बिहीबार बिहानै पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टी गरिएको छ ।

मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्षसमेत रहेका दीक्षित पिता केदारमणि आचार्य तथा माता विद्यादेवी दीक्षितका माइला छोरा हुन्।  दीक्षितका दुई छोरा र एक छोरी छन् । पत्रकारद्वय कुन्द दीक्षित र कनक दीक्षित उनका छोरा हुन् । उनकी छोरी रुपा जोशी सामाजिक गतिविधिमा सक्रिय छिन् ।

दीक्षितको सक्रियतामा नेपाली भाषा तथा साहित्यसँग सम्बन्धित सामग्रीहरूको अभिलेख राख्‍ने उद्देश्यका साथ २०१२ सालमा मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीको स्थापना भएको थियो । गुठीमार्फत् नेपाली भाषामा प्रकाशित हुने उत्कृष्ट पुस्तकका निम्ति प्रदान गरिने मदन पुरस्कार (२०१२ सालदेखि) र नेपाली भाषाको श्री-वृद्धिका लागि योगदान वापत प्रदान गरिने जगदम्बा (श्री पुरस्कार ९२०४५ सालदेखि) प्रदान गरिदै आएको छ।

यससँगै उनी मदन मेमोरियल स्कुल, साझा प्रकाशन, गोरखापत्र संस्थान, रोटरी क्लब, जनक-जानकी सभा, बीपी कोइराला संग्रहालय समिति, बीपी कोइराला नेपाल-भारत प्रतिष्ठान आदि जस्ता दर्जनौं भाषिक, साहित्यिक, सांस्कृतिक संस्थाहरूमा सक्रिय थिए।

साहित्य क्षेत्रमा क्रियाशील दीक्षितका थुर्पै फुटकर रचना र करिब ६० वटा पुस्तक प्रकाशित छन्। दीक्षित साझा प्रकाशन, गोरखापत्र संस्थान, मदन मेमोरियल स्कुल, रोटरी क्लब, बीपी कोइराला संग्रहालय समितिलगायत दर्जनौं भाषिक, साहित्यिक, सांस्कृतिक संस्थामा सक्रिय थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.