ज्येष्ठ नागरिकको रोजाइ परिवार कि वृद्धाश्रम

ज्येष्ठ नागरिकको रोजाइ परिवार कि वृद्धाश्रम

परिवारमा सुख, शान्ति र समृद्धि कायम राख्न ज्येष्ठ नागरिकको अहम् भूमिका रहेको मानिन्छ । जुन परिवारको घरमुलीले आफ्नो कर्तव्य र जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका हुन्छन्, त्यो परिवारमा मेलमिलाप, सुख, शान्ति, उन्नति र प्रगतितर्फ अग्रसर भएको पाइएको छ ।

हिजोका युवा नै आजका ज्येष्ठ नागरिक हुन् । आफ्नो युवाकालमा आफूले आफ्ना अग्रजलाई कस्तो व्यवहार गरियो, त्यसबेला आफ्ना केकस्ता चाहना र आकंक्षा थिए, त्यसलाई एकपटक फर्केर हेरी सोअनुसार व्यवहार गरेमा ज्येष्ठ नागरिकको रोजाइ परिवार कि आ श्रम आफैंले निर्धारण गर्न सक्ने देखिएको छ ।

आफैंले जन्माएर हुर्काएका छोराछोरी विवाह गरेर घरमा भित्र्याइएकी बुहारी र विवाह गरेर दिएका ज्वाइँ-छोरीले आफ्नो आकांक्षाअनुसार घर व्यवहार नगरेमा ज्येष्ठ नागरिकमा असन्तुष्टि र नैराश्य देख्ने गरिएको छ ।

पुस्तान्तरण अर्थात् एक पुस्ताबाट अर्को पुस्तामा शान्तिपूर्वक पारिवारिक जिम्मेवारी हस्तान्तरण गर्नमा घरमूलीको नै अहं र गहन जिम्मेवारी छ । कुनै घरपरिवार कसरी सञ्चालन भएको छ, त्यसबाटै त्यो घरमूलीको मूल्यांकन हुन्छ ।

ज्येष्ठ नागरिक परिवार र समाजका बत्ती हुन् । दियोको केन्द्रमा रहेको धागोको बत्तीले आफू जलेर सबैलाई उज्योलो दिइरहेको हुन्छ । परिवार र समाजले दियोमा तेल हालेर बत्तीलाई लामो समयसम्म बल्न दिने कि तेल नहालेर निभ्न दिने, त्यो समाज र परिवारका युवा सदस्यको रोजाइ हो । उज्यालो चाहने परिवारमा ज्येष्ठ नागरिकलाई उचित आदर र सम्मान दिइएको हुन्छ ।

ज्येष्ठ नागरिकले पनि प्रेम, सद्भाव र संरक्षकत्व प्रदान गरिरहेका हुन्छन्। त्यो परिवार आदर्श हो, जहाँ बालबालिका युवा र वयस्क आआफ्ना अधिकार र कर्तव्य स्वच्छता र हाँसीखुसी निर्वाह गरेर रमाएरै बसेका छन् ।

उमेर र शारीरिक बलले दिउन्जेल आफ्नो काम आफैं गर्ने, परिवारको अन्य काममा सहयोग गर्नाले आफ्नो समयको व्यवस्थापन, सुखसन्तोष र आफ्नो उपयोगिता प्रमाणित गरिरहेको हुन्छ । ज्येष्ठ नागरिककै प्रेरणा, प्रोत्साहन र अन्य आकर्षणले परिवारका सदस्य विभिन्न देशमा स्थायी बसोवासको लागि गएका छन् ।

नदीको बहाब माथिबाट तल बगेजस्तै बाबुआमाको माया छोराछोरीतर्फ बगेको हुन्छ । वंश परम्परा र प्रकृतिको नियमअनुसार कमजोरलाई प्राथमिकता दिने नीतिअनुसार ज्येष्ठ नागरिक र युवा सदस्यले बालबालिकालाई नै पहिला हेरविचार गर्नु स्वाभाविकै मान्नुपर्छ ।

‘जसरी नाबालक सन्तानको लालनपालन, शिक्षा, स्वास्थ्य बाबुआमाको दायित्व हो, त्यसैगरी वृद्ध आमाबाबुको पालनपोषण र स्वास्थ्योपचार सन्तानको जिम्मेवारी हो । सन्तानले यस्तो दायित्व पूरा नगरे वृद्ध आमाबाबुले कानुनी उपचार पाउनेछन्' नयाँ कानुनी व्यवस्था गर्न लागेको पनि बुझिएको छ ।

प्रसिद्ध मनोवैज्ञानिक फ्रायडको सिद्धान्तविपरीत लिंगी आकर्षणअनुसार बाबुको छोरीप्रति र आमाको छोराप्रति विशेष लगाव रहेको हुन्छ । त्यस्तै ससुराको बुहारीप्रति र सासुको ज्वाइँप्रति लगाव हुन्छ भनिएको छ । त्यसैले अवचेतन मस्तिष्कमा आफूले मनपराएको कुरा अरूले लिएकोमा नजानिँदो ईश्र्या र जलन हुने पनि मानिन्छ ।

विवाह गरेपछि छोरो बुहारीलाई र छोरी ज्वाइँलाई यसैले भनिएको होला ? परिवारमा सदस्यहरूको एकअर्काबीचको सम्बन्धको सन्तुुलनले सुख र शान्ति कायम गर्न महत्वपूर्ण भूमिका रहेको छ । संयुक्त परिवार जहाँ बाबुआमा छोराबुहारीसँगै बसेका हुन्छन् । त्यहाँ बाबुछोरा र सासूबुहारीको प्रतिस्पर्धा र सहनशीलताको ठूलो भूमिका रहेको हुन्छ ।

ज्येष्ठ नागरिक आफैं विगतमा छोराबुहारीको भूमिकाबाट सासूससुरामा परिवर्तन भएका छन् । उनीहरूलाई दुवै अवस्थाको अनुभव हुन्छ भने छोराबुहारीलाई एक अवस्थाको मात्र जानकारी र अनुभव भएको हुन्छ । अर्को शब्दमा हिजोका छोराबुहारी आजका सासूससुरा हुन् भने आजका छोराबुहारी भोलीका सासूससुरा हुन् ।

त्यसैले परिवारमा सुख र शान्ति कायम गर्न मा ज्येष्ठ नागरिकको नै प्रमुख भूमिका रहेको हुन्छ । आजका ज्येष्ठ नागरिकले आफू छोराबुहारी हुँदाको अनुभव लिएर व्यवहार गरेमा परिवारमा मेलमिलाप कायमै रहन जान्छ ।

जुन परिवारमा सासूले आफू बुहारी भएर माइती चटक्क छोडेर घरमा आएको अवस्था सम्झिए बुहारीसँगको सम्बन्ध स्वतः सौहाद्र्रपूर्ण हुन जानेछ । बुहारी जसले आफ्नो जन्मघरबाट नयाँ कर्मघरमा गृहलक्ष्मीको रूपमा प्रवेश गर्छिन्, उनलाई नयाँ परिवेशमा घुलमिल गराउनमा ज्येष्ठ नागरिकले नै विशेष ध्यान दिनुपर्छ । छोराले एक घर उज्यालो बनाउँछन् भने छोरीले जन्मघर र कर्मघर दुवैलाई उज्यालो बनाउँछन् ।

बाबुआमाको सहमतिमा गरिएको विवाहमा कर्मघरमा छोरीलाई वातावरण अलि सजिलो हुन्छ । वैदिक विधिअनुसार गरिएको विवाहमा गोत्राचार गरेर माइतीको थरबाट घरको थरमा परिणत गरिएको हुन्छ । बुहारीको गृह प्रवेशमा तालासाँचो दिने चलन पनि रहेको छ । जुन घरमा बुहारीलाई छोरीको स्थान दिइएको हुन्छ, त्यो घरमा छोराबुहारी र बाबुआमाको सम्बन्ध सौहाद्र्रपूर्ण रहेको हुन्छ ।

असल छोराबुहारीले घरपरिवार सम्हाल्नुका साथै बाबुआमा र छोराछोरीको समेत उचित रेखदेख गरेको देखिएको छ । मध्यम खाल्काले आफ्ना छोराछोरीको मात्र ख्याल राख्ने र अधमले ज्येष्ठ नागरिक बाबुआमा र भविष्यका कर्णधार आफ्नै छोराछोरीको पनि ख्याल गरेको पाइँदैन । आफ्नो वंश परम्परा अगाडि बढाउन र घर गृहस्थीको उचित स्याहार र सम्भार छोराबुहारीबाटै भएको पाइएको छ ।

आजभोलि अधिकांश छोराबुहारीले सासूससुरालाई आमाबुबा भन्ने चलन छ । अझै अधिकांश सासूससुराले बुहारीलाई छोरी र ज्वाइँलाई छोराको व्यवहार गर्ने असजिलो नै मानेको पनि देखिएको छ । आफ्नो छोरी अर्काको घरको बुहारी भएजस्तै अर्काकौ छोरी आफ्नै घरको बुहारी हुन् भन्ने यथार्थ मनन गरेमा पनि धेरै समस्या समाधान भएको पाइएको छ ।

मारे पाप पाले पुण्य भनेर कन्यादान गरेर पठाइएकी छोरीले घरगृहस्थी राम्रोसँग गरेर बसेमा माइतीतर्फ बाबुआमालाई पनि ठूलो सन्तोष हुन जान्छ । आजभोलि महिला सशक्तीकरणले माइतीतर्फको थर यथावत् राख्ने चलनको सुरुआत भएको छ । धार्मिक विधिअनुसार गोत्राचार गरेपछि त्यसो गर्नाले घरमा आएर पनि आफ्नो माइतीको पहिचान कायमै राखेको मानिन्छ ।

विवाहपूर्वको पहिचानलाई र विवाहपछिको नयाँ पहिचान शैक्षिक प्रमाणपत्र र सर्भिसको कारणले पनि कायम राख्न दुवै थर लेख्ने व्यावहारिक चलन पनि छ । तर विवाहपछिको नयाँ थर नस्विकार्ने बुहारीले विवाहपछिको नयाँ पहिचानलाई पूर्णरूपले स्वीकार वा समर्पण नगरेको पनि मानिन सक्छ ।

यसै त बुहारीलाई पराई कि छोरी भनेर व्यवहार गरिने पुरातन समाजमा यसलै झन् पराइपन बढाउनमा सहयोग पुर्‍याउनेछ । पश्चिमी समाजमा जहाँ सम्बन्ध-विच्छेद सामान्य मानिन्छ । एकै परिवारमा श्रीमतीको अर्को पतितर्फका छोराछोरी र पतिका अर्को श्रीमतीतर्फको छोराछोरी सँगै बसेका हुन्छन्, आमाबाबुको थर अलगअलग मानिन्छ ।

नेपाली समाजमा अहिलेसम्म त्यस्तो चलन नआइकेकाले बाबुआमाको अलगअलग थर लेख्नु धार्मिक, सामाजिक र व्यावहारिक मानिएको छैन । त्यसले पतिपत्नीको दीर्घकालीन सम्बन्धमा पनि असर पर्न जाने सम्भावना हुन सक्छ । यो सब समाजले पचाउन अझै केही समय लाग्ने देखिएको छ ।

विश्वबन्धु थापाको भनाइ भनेर अन्नपूर्ण पोस्ट्मा पाठक पत्रमा उल्लेख ‘बिहान झगडा गरेर निस्केको छोरो बेलुका घर फर्कन्छ । आफ्नो छोरो छिमेकी र वरपरका लफंगाको लहेलहैमा लागेर हिँड्दा बाबुआमालाई चिन्ता हुन्छ । अझ घरको सम्पत्ति तोडफोड गर्दा र ज्यानसमेत लिने अवस्थामा पुग्दा बाबुआमालाई सबैभन्दा पिर पर्छ छोरो बिग्रियो भनेर ।

बालकपन, यौवन र वृद्धवस्था प्रत्येक मानिसले भौग्नैपर्ने शारीरिक अवस्था हो । त्यसैले जीवनको उत्तरार्ध नैराश्य र बोझको रूपमा नलिई सकेसम्म हाँसीखुसी भएर परिवार वा आ श्रम जहाँ बसे पनि ज्येष्ठ नागरिकको बसाइ सुखद र सम्मानपूर्वक रहनुपर्छ ।

त्यस अवस्थामा बाबुआमालाई सिरकले मुख छोपेर डाँको छोडेर रुनुपर्ने हुन्छ । आफंैले जन्माई हुर्केको छोरो बिग्रेकोमा आमा आश्चर्यचकित पर्छिन् । जब छोरो लफंगाबाट धोका पाउँदै जान्छ आफू जन्मिएको घर र बाबुआमाको माया सम्झन्छ, अनि उनीहरूले आफूलाई बिगार्नै फसाउन खोजेको भन्ने महसुस हुन्छ, त्यसपछि ऊ घर फर्कन्छ ।

‘त्यस्तै बाबुआमासँग झगडा गरेर अलग बसेका छोराबुहारी पुनः मूल घरमा फर्किएको देखिएको छ । तर छोराबुहारीसँग झगडा गरेर घर छोडेर हिँडेका बाबुआमाको पुनः सो घरमा फर्कने सम्भावना कम देखिएको छ । त्यसैले हिजोको आफ्नो मिहेनत, अहंकार र परिवारका सदस्यले गरेको आफूलाई मन नपरेको व्यवहारले अलग भान्सा गर्नु, घर छोडेर एपार्टमेन्टमा बस्न जानु, सःशुल्क आ श्रम, अनाथालय वा सरकारी वृद्धा श्रममा जानुअघि ज्येष्ठ नागरिकले गहिरिएर सोच्नुपर्ने देखिएको छ ।

समाचार बनाउनेले राष्ट्रपतिको आमा वृद्धा श्रममा भनेर लेखेको देखियो । जबकि वृद्धाश्रममा बसेकी आमाकी छोरी राष्ट्रपति भएकी हुन् । राष्ट्रपतिको आमाका अन्य छोराछोरी पनि छन् ।

ज्येष्ठ नागरिक जसको आर्थिक अवस्था राम्रो छ, जसका रेखदेख गर्ने परिवारका सदस्य छन्, तिनलाई घरपरिवारमै रमाएर बस्ने वातावरण बनाउनु परिवारका सदस्य, समाज र राज्यको दायित्व हो ।

त्यस्ता ज्येष्ठ नागरिक जो विपन्न अवस्थामा बसेका छन्, जसको रेखदेख गर्ने परिवारका सदस्य छैनन्, तिनलाई ज्येष्ठ नागरिक आ श्रममा बस्ने व्यवस्था मिलाउनु परिवार, छिमेकी नातेदार, समाज र राज्यको दायित्व नै मानिनुपर्छ ।

बालकपन, यौवन र वृद्धवस्था प्रत्येक मानिसले भौग्नैपर्ने शारीरिक अवस्था हो । त्यसैले जीवनको उत्तरार्ध नैराश्य र बोझको रूपमा नलिई सकेसम्म हाँसीखुसी भएर परिवार वा आ श्रम जहाँ बसे पनि ज्येष्ठ नागरिकको बसाइ सुखद र सम्मानपूर्वक रहनुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.