'भारत र चीनसँग समान सम्बन्ध' (भिडियो)

'भारत र चीनसँग समान सम्बन्ध' (भिडियो)

काठमाडौं: परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपालले भारत र चीन दुवै मुलुकसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको बताएका छन् । दुवै मुलुकका स्वार्थ र आवश्यकता कसरी परिपूर्ति गर्न सकिन्छ भन्नेमा आफूहरू जानकार रहेको उनले बताए ।

'भारतसँगको सम्बन्ध चीनको सट्टामा होइन, चीनसँगको सम्बन्ध भारतको सट्टामा होइन । भारतसँग पनि राम्रो सम्बन्ध राख्न जरुरी छ । त्यो वास्तविकता हो । चीनसँग पनि राम्रो सम्बन्ध राख्नुपर्छ भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ', परराष्ट्रमन्त्री महतले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने । अघिल्लो सरकारले चीनसँग गरेका समझदारी कार्यान्वयनमा लैजान आफूहरूले काम गरिरहेको पनि उनले बताए ।

'अघिल्लो सरकारले गरेका कतिपय समझदारीप्रति हामी प्रतिबद्ध छौं भनिराख्या छौं । त्यो सैद्धान्तिक समझदारी थियो । त्यसलाई कार्यान्वयन गर्न कयौं वर्ष लाग्छ । ६ महिनाअगाडि भएको समझदारीअनुसार रेल आइसक्ने, सडक बनिसक्ने, प्रसारण लाइन खडा भइसक्ने स्थिति हुँदैन । त्यसका लागि धेरै तह पार गर्नुपर्छ', उनले भने ।

चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सचिवालय सदस्य लिउ छिपाओ र मंगोलियाका परराष्ट्रमन्त्रीको नेपाल भ्रमण एकैपटक हुनु संयोग मात्रै भएको मन्त्री महतले स्पष्टीकरण दिए ।

भिडियो हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.