टाटा टियागो सम्मानित
काठमाडौः टाटा टियागोको डायनामिक स्पोर्टी ह्याचब्याक कार ह्याचब्याकमा सर्बोत्कृष्ट सावित भएको छ । उक्त कारले सीएनबीसी-टीभी १८ ओभरड्राइभ अवार्ड २०१७ मा ‘कम्प्याक्ट कार अफ द इयर' त्यसैगरी अटो पोर्टल बेस्ट कार अवार्ड २०१७ मा ‘बेस्ट ह्याचब्याक अफ द इयर' र एनडीटीभी कार एन्ड बाइक अवार्ड २०१७ मा ‘इन्ट्री ह्याचब्याक अफ द इयर' अवार्ड हात पार्न सफल भएको छ ।
उक्त अवार्ड वितरण कार्यक्रममा नयाँ जमानाको स्पोर्टी ह्याचब्याक, टाटा टियागोको पर्फमेन्स र ड्राभिङ डाइनामिक्ससम्बन्धी सम्पूर्ण पक्षको चर्चा भएको कम्पनीले जनाएको छ । आकर्षक बडी वीथ सार्प लाइन, सिग्नेचर हेग्जागन ग्रिल र अन्य नयाँ विशेषतासहित टाटा टियागोले अत्याधुनिक इन्टेरियरको प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ ।