सात केजी सुनसहित गाडी चालक पक्राउ
काठमाडौं : सात केजी सुनसहित एकजना चालकलाई प्रहरीले कलंकीबाट पक्राउ गरेको छ।
बिहीबार बिहान धादिङबाट काठमाडौँ आउँदै गरेको हाइलक्स गाडीबाट सुन बरामद गरको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी प्रकाशजंग कार्कीले जानकारी दिए।
प्रहरीले एक केजी दरका सातवटा सुनका बिस्कुट बरामद गरेको थियो । बरमाद सुनको मूल्य ४ करोडभन्दा बढी रहेको छ।
सुन लिएर आउने चालक भरिया मात्र हुन् वा होइनन् भन्नेबारे अनुसन्धान भइरहेका कार्कीले बताए।