ईक्यान ललितपुरको साधारण सभा
काठमाडौः ईक्यान ललितपुरको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन सभाका प्रमुख अतिथि नेपाल शैक्षिक परामर्श संघका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले गरेका छन् ।
साधारण सभामा ललितपुरस्थित यस संघसँग आवद्ध सम्पूर्ण सदस्य कम्पनीका प्रतिनिधिको उपस्थिति रहेको थियो । सभाले शाखामा भएका गतिविधिका प्रगति विवरण तथा आगामी कार्ययोजना तथा आर्थिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ ।
उक्त सभामा संघका निवर्तमान अध्यक्ष राजेन्द्र बरालले ललितपुर जिल्ला परामर्श व्यवसायीको लागि प्रचुर सम्भावना रहेको र यस शाखाले आफ्ना सदस्यको हीत तथा व्यापार प्रवद्र्धनका लागि धेरै गर्न सक्ने बताएका छन् ।
त्यस्तै सभाका प्रमुख अतिथि प्रकाश पाण्डेले ललितपुर जिल्ला उर्वर भूमि रहेकाले यस क्षेत्रको विकास, विस्तार र संगठित गर्ने कुरामा केन्द्रले सकेको सहयोग गर्ने बताए ।