नेपालसँग संयुक्त सैन्य अभ्यास गर्ने चीनको घोषणा
काठमाडौंः उत्तरी छिमेकी चीनले सन् २०१७ मा नेपालसँग संयुक्त सैन्य अभ्यास गर्ने घोषणा गरेको छ । चिनियाँ रक्षामन्त्रालयका प्रवक्ताले बिहीबार यस्तो घोषणा गरेका हुन् ।
चिनियाँ रक्षामन्त्रालयका प्रवक्ताले भनेका छन्, ‘‘सन् २०१७ मा चीन र नेपालबीच पहिलो पटक संयुक्त सन्य अभ्यास हुने छ ।’
नेपालले हालसम्म दक्षिणी छिमेकी भारत र अमेरिकासँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । चीनसँग संयुक्त सैन्य अभ्यासका विषयमा वार्ता भइसकेको नेपाली सेनाका प्रवक्ता ताराबहारदुर कार्कीले बताए ।
सैन्य अभ्यास सन् २०१७ को सुरुमै हुने बताइएको छ ।
#China and #Nepal will hold their first joint military training in 2017, Chinese MOD spokesperson said on Thu pic.twitter.com/0JFtJznxgR
— People's Daily,China (@PDChina) December 29, 2016