चीनले नेपाललाई झन्डै १६ अर्ब अनुदान दिने
काठमाडौंः उत्तरी छिमेकी चीनले स्याफ्रुबेसी-रुसुवागढी राजमार्गको मर्मत तथा सुधार, निजामति सेवा अस्पतालको स्तरोन्नती तथा मर्मत र भूकम्प पछिको पुर्ननिर्माणका लागि १५ अर्ब ७० करोड (एक बिलियन चिनियाँ रुपयाँ) रुपयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।
चीनका लागि नेपाली राजदूत लिलामणि पौड्याल र चिनियाँ वाणिज्य उपमन्त्री चाङ् सियाङ्चेनले अनुदान सहयोग सम्झौता सम्बन्धको समझदारी पत्रमा बिहीबार बेइजिङ्मा हस्ताक्षर गरेको त्यहाँस्थित नेपाली दूतावासले प्रेस विज्ञप्तिमा जनाएको छ ।
चीनसँगको कनेक्टिभिटी विस्तार र सुधार, पर्यटन, ब्यापार, लगानी प्रवद्र्धन, स्वास्थ्य क्षेत्रको सुधार तथा भूकम्प प्रभावित जिल्लाको जनताको जीवनस्तर उन्नतीका लागि चिनियाँ अनुदान रकम खर्च हुने भएको हो ।
चीनले नेपालको सामाजिक-आर्थिक विकासमा निरन्तर दिंदै आएको सहयोगका लागि सरकारले चीन सरकारलाई धन्यवाद दिएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।