वाइवाइको उत्पादन अब युरोपमा पनि

वाइवाइको उत्पादन अब युरोपमा पनि

काठमाडौं: चौधरी ग्रुपले निकट भविष्यमै युरोपमा पनि वाइवाइ चाउचाउ उत्पादन सुरु गर्ने भएको छ । युरोपेली राष्ट्र सर्वियाको रुमा सहरमा वाइवाइको प्लान्ट स्थापना गर्ने काम अन्तिम चरणमा पुगेको छ । ग्रुपले युरोपेली मुलुकमा वाइवाइ उत्पादन तथा वितरणको तयारी तीव्र बनाएको हो । सर्वियाको रुमा सहरको रुम्स्का इन्डस्ट्रियल लुपमा वाइवाइको प्लान्ट निर्माण भइरहेको छ ।

ग्रुपका अध्यक्ष विनोद चौधरी अहिले सर्वियामा छन् । उनले बिहीबार राजधानी बेलग्रेडमा सर्वियाका प्रधानमन्त्री अलेक्ज्यान्डर भुसिक, उर्जा, पर्यटन तथा कृषि मन्त्रीहरू र रुमा सहरका मेयर स्लोदान म्यान्सिकसँग भेट गरे । ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीलगायत ग्रुपका उच्चपदस्थ अधिकारी पनि अहिले सर्वियामै छन् ।

'नेपालीको आफ्नै लोकप्रिय ब्रान्ड वाइवाइलाई विश्वव्यापी रूपमा विस्तार गर्ने हाम्रो अभियान हो । सोही क्रममा हामीले वाइवाइको विस्तार युरोपमा गरेका हौं', प्रधानमन्त्री भुसिकसँगको भेटपश्चात चौधरीले भने, 'नेपाली उद्यम र व्यवसायलाई विश्वसामु लिएर जाने हाम्रो प्रयत्नको अर्को कडीका रूपमा यसको विस्तार भएको हो ।'

भेटवार्तामा प्रधानमन्त्री भुसिकले सर्वियामा वाइवाइ प्लान्ट स्थापना गरेर लगानी विस्तार तथा रोजगारी सिर्जना गरेकोमा चौधरी ग्रुपलाई धन्यवाद दिए । उनले विश्वव्यापी रूपमा सर्वियाको बैदेसिक लगानी विस्तारका लागि सहयोग गर्नसमेत आग्रह गरे । त्यस्तै, मेयर म्यान्सिकले सर्वियाको स्थानीय सरकार उद्यमीहरूसँग सहकार्य तथा सहयोगका लागि सदैव तयार रहेको जानकारी गराए ।

विश्वव्यापी रूपमा वार्षिक दुई अर्ब २० करोड बिक्री भइरहेको वाइवाइले विश्व तयारी चाउचाउ बजारको २.२ प्रतिशत हिस्सा ओगटेको छ । नेपालमा ६ र भारतमा आठ प्लान्टमार्फत उत्पादन भइरहेको वाइवाइले भारतीय तयारी चाउचाउ बजारमा २७ प्रतिशत हिस्सा ओगटेको छ । बंगलादेश, केन्या र साउदी अरेवियामा पनि वाइवाइका प्लान्ट स्थापना गर्ने तयारीमा चौधरी ग्रुप रहेको छ ।

प्लान्टको स्थापनासँगै विश्वभरका ३० मुलुकमा रुचाइएको वाइवाइको व्यावसायिक उत्पादन सर्वियामा पनि हुने भएको हो । त्यहाँबाट वाइवाइ युरोपेली बजारमा वितरण हुनेछ । युरोपेली महाद्विपमा चौधरी ग्रुपको यो पहिलो उद्योग हो । यो तयारीसँगै चौधरी ग्रुप युरोपबाट तयारी चाउचाउको उत्पादन थाल्ने नेपालको पहिलो व्यावसायिक समूह हुनेछ । पहिलो चरणमा उद्योगले करिब चार सय जनालाई रोजगारी दिइरहेको छ भने उत्पादन र वितरण सुरु हुँदासम्म १२ सयभन्दा बढीले रोजगारी पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.