यामाहाको नयाँ वर्ष अफर

यामाहाको नयाँ वर्ष अफर

काठमाडौं: यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले नयाँ वर्ष २०१७ को अवसरमा नयाँ अफर ल्याएको छ । नयाँ वर्षको उत्सवलाई थप उल्लासमय बनाउन कम्पनीले 'फाइभबुलस २०१७' अफर ल्याएको हो । यो अफरअन्तर्गत यामाहा ब्रान्डका जुनसुकै मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले पाँच हजार रुपैयाँ नगद छुट पाउनेछन् ।

एमएडब्लू इन्टरप्राइजेज, यामाहा डिभिजनका सेल्स एन्ड बिजनेस डेभलपमेन्ट एजीएम दीपक रौनियारका अनुसार कम्पनी सुरक्षा, गुणस्तर र विश्वस्तरीय अनुभवप्रति निकै सचेत रहेको छ । दसैं अफरमा ग्राहकको प्रतिक्रियाबाट उत्साहित भएर नयाँ वर्षको अफर ल्याएको उनले बताए । नयाँ वर्ष योजना यामाहाका सबै मोटरसाइकल र स्कुटरका मोडेलमा लागू हुनेछ ।

एमएडब्लूले यसै वर्ष स्पोर्टी स्कुटर रे जेडआरलाई नेपालमा ल्याएको थियो । यसबाहेक बजारमा यामाहा एफजेड-एस एफआई, एफजेड एफआई, आर १५, स्यालुटो, एसजीआरआर, फेसिनो, रेजी र प्राविधिक रूपमा उच्चस्तरीय आर ३ उपलब्ध छन् । यामाहाका मोटरसाइकल र स्कुटर प्याटेन्टेड 'ब्लु कोर' इन्जिन रहेको कम्पनीले जनाएको छ । नेपालमा रेसिङ कल्चर भित्र्याउने श्रेय पाएको आर १५ को डिजाइन र इन्जिन युवामाझ लोकप्रिय रेसिङ बाइक आर १ बाट प्रभावित छ । यामाहाको आर १५ र एफजेडमा फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.