छिमेक लघुवित्त विकास बैंकको साधारणसभा
काठमाडौं: छिमेक लघुवित्त विकास बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंककी अध्यक्ष भुवनेश्वरी पन्तको अध्यक्षतमा बसेको सभाले बैंकको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको थियो । बैंकले हालसम्म ६१ जिल्लामा एक सय २२ वटा शाखामार्फत कुल दुई लाख ९५ हजार दुई सय ६८ जना महिला सदस्यलाई लघुवित्त कार्यक्रममार्फत सेवा दिइरहेको छ ।
बैंकले आर्थिक वर्ष २०७२/७३ मा ४७ करोड १५ लाख पाँच हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । हाल बैंकको अधिकृत पुँजी एक अर्ब, जारी पुँजी ५९ करोड ५७ लाख ४७ हजार र चुक्ता पुँजी ५९ करोड ५७ लाख ४७ हजार रहेको बैंकले जनाएको छ ।
साधारणसभाले सेयरधनीलाई आर्थिक वर्ष २०७२/७३ को मुनाफाबाट ४० प्रतिशत बोनस सेयर र १२.७० प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय पारित गरेको छ । साथै बैंकको साधारण सेयरधनीको तर्फबाट दुई जना सञ्चालक विश्वमित्र श्रेष्ठ र कर्णबहादुर घले निर्वाचित भएका छन् । उनीहरूको कार्यकाल चार वर्षको हुने बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र जोशीले बताए ।