तोसिबाका स्मार्ट टीभी बजारमा

तोसिबाका स्मार्ट टीभी बजारमा

काठमाडौं: चौधरी गु्रपले भर्खरैमात्रै नेपाली बजारमा तोसिबाका स्मार्ट टीभी र घरायसी सामान भित्र्याएको छ । कम्पनीले एलईडी टीभीमा तोसिबाका तीन नयाँ सिरिज बजारमा भित्र्याएको हो । नयाँ भित्रिने सिरिजमा एल ५५, एल ३६ र एल २६ छन् ।

एल ३६ र एल २६ सिरिजका टीभीमा ५ स्टार प्रोटेक्सन, २० डब्ल्यू साउन्ड आउटपुट जस्ता सुविधा उपलब्ध छन् । २४ देखि ५५ इञ्चसम्ममा उपलब्ध यी टीभीको बजार मूल्य २४ हजारदेखि ९२ हजार रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ ।

तोसिबाको कटिङ एज डिस्प्लेमा एल ५५ स्मार्ट सिरिज अहिलेको मुख्य आकर्षण रहेको कम्पनीले जनाएको छ । सजिलैसँग ठूलो स्क्रिनमा इन्टरनेट चलाउन सकिने यो टीभीमा क्लाउड बेस प्लेटफर्म (टीभीको इन्टरनल मेमोरी प्रयोग नगरी सबै एपलाई क्लाउड सर्भरमा स्टोर गर्न सकिने) छ । यसका प्रयोगकर्ताले आफूले चाहेको एप्स डाउनलोड गर्न सक्ने कम्पनीले जनाएको छ ।

साथै टीभीका प्रयोगकर्ताको सहजाताका लागि रिमोटमै युट्युब बटन राखिएको छ जसबाट प्रयोगकर्ताले ठूलो स्क्रिनमा युट्युब भिडियोको मज्जा लिन सक्नेछन् । एल ५५ स्मार्ट सिरिजका टीभीमा इन्टरनेटको प्रयोगलाई अझ प्रभावकारी तुल्याउन टीभी रिमोटमै ब्राउजर बटन पनि प्रयोग गरिएको छ । यसले प्रयोगकर्तालाई इन्टरनेट एवं सामाजिक सञ्जालमा जोडिन सजिलो हुनेछ ।

कम्पनीका अनुसार यसको अर्को महत्र्वपूर्ण विशेषता यसमा राखिएका एप्स हुन् । प्रयोगकर्ताले एप स्टोरमा गएर आफूलाई आवश्यक पर्ने एप्स डाउनलोड गरी प्रयोग गर्न सक्नेछन् ।

एल ५५ सिरिजका टीभीमा स्क्रिन मिररिङ सिस्टम रहेको छ जसको माध्यमबाट प्रयोगकर्ताले आफ्नो स्मार्टफोन, ल्याप टप, ट्यावलेटलाई सजिलैसँग टीभीमा कनेक्ट गरी ठूलो स्क्रिनमा हेर्न सक्नेछन् । साथै टीभीमा राखिएको मल्टी स्क्रिनका मद्दतले एकै पटक इन्टरनेट र टीभीको मज्जा लिन सक्नेछन् । उनीहरूले आफ्नो मनपर्ने वेभपेज, टीभी च्यानललाई कस्टमाइज गरी राख्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.