बिरामी भएर राष्ट्रिय खेलकुदमा भाग लिन पाइनँ-उपराष्ट्रपति पुन

बिरामी भएर राष्ट्रिय खेलकुदमा भाग लिन पाइनँ-उपराष्ट्रपति पुन

धरानः उपराष्ट्रपति नन्दकिशोर पुनले आफू बिरामी भएका कारण राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउन नपाएको भन्दै दुःख व्यक्त गरेका छन्।

पूर्वाञ्चलमा जारी सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको शुक्रबार समापन गर्दै उपराष्ट्रपति पुनले हरेक राष्ट्रिय खेलकुद प्रतियोगिताले नयाँ खेलाडी जन्माउने भन्दै आफू पनि एक समय राष्ट्रिय खेलकुदका लागि छनौट भएपनि अस्वस्थ भएका कारण सहभागि हुन नसकेको बताए ।

खेलाडीको हौसला बढाउँदै उपराष्ट्रपति पुनले अनुशासित भएर खेल खेल्न सम्पूर्ण खेलाडीलाई आग्रह गरे । पुनले भने-'अनुशासित फौजले मात्रै युद्ध जित्न सक्छ । त्यस्तै अनुशासित खेलाडीले मात्र खेलमा बिजयी हासिल गर्न सक्छ ।'

यो प्रतियोगिताबाट धेरै खेलाडीले नयाँ कीर्तिमान रचेको भन्दै उपराष्ट्रपति पुनले यस्ता कीर्तिमानलाई आगामी दिनमा पनि कायम राख्न आग्रह गर्नुभयो ।

खेलकुद पूर्वाधारमा ध्यान दिनुस्

उपराष्ट्रपति पुनले अहिले भूकम्पपछि खेलकुदका क्षेत्रमा धेरै क्षति पुगेको बताउँदै पूर्वाधान विकासमा सम्बन्धित क्षेत्रले ध्यान दिनुपर्ने बताएका छन् ।

खेलाडीले धेरै दुःख कष्टका साथ प्रदर्शन गरिरहेको बताउँदै पुनले खेलाडीको साहस र प्रदर्शनले नेपालीको शीर उचो रहेको बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.