खुकुरी प्रहारको विरोधमा युवा संघले विरोध जुलुस निकाल्ने
काठमाडौँः युवा संघ नेपालका केन्द्रीय सदस्य सन्ताेष बुढाथाेकीमाथि अज्ञात समूहको खुकुरी प्रहारको विरोधमा युवा संघले शुक्रबार तीन बजे नयाँ बानेश्वरमा विरोध जुलुस निकाल्ने भएको छ । बिहीबार राती ९ बजे खुकुरी प्रहार भएपछि बुढाथोकीको भारतको लखनउस्थित साहारा अस्पतालमा उपचार भइरहेकाे छ ।
युवा संघले बुढाथोकीको हत्या प्रयास गर्नेलाई तुरुन्त खोजी गरी कारवाही गर्न माग गरेको छ ।
‘युवा संघमाथि श्रृखलबद्ध हत्या प्रयास भएका छन्’ ,युवा संघका प्रवक्ता प्रभातविक्रम कटुवालले भने,‘यसको हामी घोर भत्सर्ना गर्छौ'
युवा संघले नकाबन्दीविरुद्ध चलाएको मधेस आन्दोलन, संविधान संशोधन प्रस्तावविरुद्ध देशभरी नै सञ्चालन गरेको आन्दोलनबाट डराएर भौतिक आक्रमण भएको कटुवालले आरोप लगाए ।
यसअघि युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको अज्ञात समूहले गोली हानी हत्या गरेको थियो ।