नेपाली भाषाको शिरविन्दु
हाम्रो पश्चिमको पहाडी जिल्ला अर्घाखाँचीमा जन्मेर हुर्की आफ्नो अतुलनीय भाषा वैज्ञानिक प्रतिभाद्वारा प्रस्तुत संस्कृत भाषाको व्याकरण तथा त्यसमा प्रयुक्त देवनागरी लिपिको अद्वितीय योगदानद्वारा हामीलाई मात्र होइन समस्त विश्वभित्र बोलिने र लेखिने भाषाहरूको स्वरूपलाई व्याख्या गर्ने महान् व्यक्तित्व पाणिनिलाई हामीले सम्झनुपर्छ ।
हाम्रो अर्थात् नेपाली जनताको साझा भाषा नेपाली त झन् संस्कृतबाटै जन्मेर विकसित भएकाले पाणिनिनिर्मित देवनागरी लिपिबाट यसका लेखाइ र उच्चारण दुवै क्षेत्रमा साह्रै उपयुक्त योगदान भएको छ ।
अस्ति भर्खरै मेरा मित्र शरच्चन्द्र वस्तीले मैले लेखेका पाणिनीय हिज्जेको प्रशंसा गर्दै एउटा लेख प्रस्तुत गर्नुभएको थियो । हालैका वर्षहरूमा नेपाली भाषाको शुद्धतालाई बिगार्दै केही व्यक्तिहरूले क्राइस्टेली (अर्थात् ख्रिस्तानी)- हरूको हाहामा लागेर (अर्थात् नेपाली भाषालाई भाँड्दै हामीलाई हाम्रो ऐतिहासिक र सांस्कृतिक जीवनलाई नष्ट गरेर अङ्ग्रेजी लिपिसित तुलना गर्ने लिँडे ढिपी गरी) हाम्रो वैज्ञानिक लिपिलाई नै बिगार्ने प्रयत्न गरेका छन् ।
साधारण रूपले हेर्दा पनि हाम्रा १२ स्वर र ३० व्यञ्जन छन् तर रोमेली (अर्थात् रोमन वा अङ्ग्रेजी, फ्रान्सेली आदि भाषाले चलाउने लिपिमा ) भने ५ स्वर र २१ व्यञ्जन मात्र हुन्छन् । मुख्य कुरो देवनागरी लिपिमा संयुक्त वर्णहरू छन् । उदाहरणका लागि ‘औ' र ‘ऐ' लाई नै लिऊँ- ‘औ' भन्नाले अ र उ मिसिएका छन् र तिनको उच्चारण ‘अउ' (अर्थात् ‘अ' भनिसकेपछि ‘उ' छोटकरीमा भनिहाल्नुपर्छ, जस्तै ‘औडाहा' वा ‘मौका' को उच्चारणमा ‘अउडाहा' (‘उ' झ्वाट्ट भनिहाल्नुपर्छ) र ‘मउका' (‘उ' झ्वाट्ट भनिहाल्नुपर्छ) ‘ऐ' को उच्चारण पनि ‘अइ' हो, तर हाम्रा छिमेकी भारतेलीहरू उनीहरूका पहिलेका शासक अङ्ग्रेजहरूबाट हार्दिकतासाथ सापटी लिएको ‘ब्याङ्क' भन्ने शब्दलाई ‘बैंक' (बइङ्क) लेख्छन्, के हामीले पनि बुझ न सुझ ‘बइङ्क' भनेर उच्चारण गरिने त्यही शब्द जताततै सार्ने ? ‘ब्याङ्क' लेख्नुपर्दैनथ्यो ?
देवनागरीमा संयुक्त वर्णहरू व्यञ्जनमा ‘क' वर्ग (क ख ग घ ङ) पछि ‘ङ्' ‘च' वर्गपछि ‘ञ्', ‘ट' वर्गपछि ‘ण्' (अर्थात् ‘च छ ज झ' पछि ‘ञ्' र ‘ट' वर्ग (अर्थात् ‘ट', ‘ठ', ‘ड', ‘ढ' पछि ‘ण्') ‘त' वर्गपछि ‘न्' (अर्थात् ‘त थ द ध न' पछि न्') ‘प' वर्गपछि ‘म' अर्थात् प फ ब ‘भ' पछि ‘म' जस्ता ध्वनिले काम गर्छन् अर्थात् ती व्यञ्जनहरूलाई शिरविन्दु (ं) ले ञ, ङ, ञ, ण, न र म क्रमैसित प्रतिनिधित्व गर्छन् जस्तैः
लंका -लङ्का, शंका-शङ्का
पंखा-पङ्खा, चंंगा-चङ्गा
गंगा-गङ्गा
नांगो -नाङ्गो
चंचल -चञ्चल
घंटा-घण्ट
तंत्र-तन्त्र, सुंतला-सुन्तला
पंथी-पन्थी
दंत-दन्त, धंदा-धन्दा, मंद-मन्द,
द्वंन्द्व-द्वन्द्व,
संधी-सन्धी, धंदा-धन्दा,
चंपा-चम्पा, पंफा-पम्फा
संबन्ध-सम्बन्ध, इत्यादि ।
तर नेपाली भाषामा अरू भाषाहरूबाट सापट लिइएका शब्द ‘शिरविन्दु' वा अनुस्वार (ं) को यो नियम लाग्दैन । जस्तै: लम्कनु, बम्कनु, हम्कनु, दन्कनु (-शिरविन्दु लगाउन मिल्दैन)।
कुन्छा, जुम्ला, देवान्छाप, लाम्घारे, लाम्खुट्टे, पाङ्दुरे, म्यान्मार, नाम्चे, हङ्कङ, चम्चा, रम्घा, तम्घाँस, जम्छ, कम्ती, सम्झना, दम्कल, किरन्टोकी, सन्काहा, टन्टा, भान्टा, हुन्छ, भन्छ, बन्छ, धन्कुटा, लम्जुङ, फन्को, रुम्जा, दुम्जा, कान्छी, जान्छे, बाङ्देल, नाम्ग्याल आदि । उपर्युक्त शब्दहरूमा अनुस्वारले (म्, न्, ङ्) जस्ता ध्वनिलाई शिरविन्दुले प्रतिनिधित्व गर्न सक्तैन (अर्थात् पाणिनिको संस्कृत नियम लाग्दैन ।)
देवनागरी लिपि (अर्थात् हाम्रा ऐतिहासिक भाषाविद् पाणिनिरचित लिपि) संयुक्त वर्णहरू भनेपछि हुरुक्क हुन्छ किनभने एक्ला वर्णले पूर्ण ध्वनिको प्रतिनिधित्व गर्ने कुरामा त्यस लिपिको विशेषता छैन । उदाहरणार्थ कुनै व्यञ्जनध्वनि पछि ‘र' जोड्नुपर्यो भने यस्ता चिह्नहरू लगाइन्छन् :
कुनै व्यञ्जनपछि ‘र' (अर्थात् ‘र्+अ') जोड्दा:
क्र, ख्र, ग्र, घ्र, छ्र ज्र झ्र, थ्र द्र ध्र न्र प्र फ्र ब्र भ्र म्र ल्र व्र श्र ( श्र) ष्र (श्व) स्र)
ङ्र ट्र ठ्र ड्र ढ्र
त्र (त्+र): शत्रु, पत्र
कुनै व्यञ्जनभन्दा पहिले ‘र्' जोड्दा:
र् , र्क, र्ख, र्ग, र्घ, र्ङ, र्च, र्छ, र्ज, र्झ, र्ट, र्ठ, र्ड, र्ढ, र्ण, र्त, र्थ, र्द, र्ध, र्न, र्प, र्फ, र्ब, र्भ, र्म, र्य, र्र, र्ल, र्व, र्श, र्ष, र्स, र्ह
र्य (जस्तै: गर्यो, र्याख्र्याख्ती, कर्यामकर्याम)
अरू केही संयुक्त वर्ण: क्व वा क्व
(द्म)-द्म
(-पद्), (छद्य)
(द्य)- द्य (-पद्य) विद्या, विद्यार्थी, विद्यालय
(ध्य) -ध्य (-ध्यान, ध्येय)
(न्य)-न्य (-न्यानो, न्याय)
(क्त)-क्त (-शक्ति, भक्ति)
क्ष-नक्षत्र, क्षति, क्षय, क्षण (क्ष)
त्र- त्+र- त्र, त्राण, त्रेता, कत्रो, सत्र
ह्ल -प्रह्लाद, आह्लाद
तृ-तृतीय, तृष्णा, तृण
कृ-कृष्ण, कृया, प्रकृया, प्रकृति
खृ-खृष्ट
दृ-दृढ आदि आदि ।
मित्र शरच्चन्द्र वस्तीको अस्तिको लेखमा संयुक्ताक्षरको समस्या हल गरेपछि हाम्रो अहिले चलेको नेपाली भाषाको झगडा टुङ्गिन्छ जस्तो बुझिन्थ्यो । तर आगन्तुक शब्दहरूको अनियनिन्त्रत बाढीले (विशेष गरी अरबी र उर्दू नियन्त्रित हिन्दी शब्दहरूले) आजको नेपालीलाई विशेष गरी पत्रपत्रिकाहरूमा र सञ्चारका विद्युत् माध्यमहरूमा लेख्ने र बोल्ने महामहोपाध्यायहरूलाई पूर्ण रूपले दासै बनाएको छ । अति नै प्रयुक्त त्यस्ता अड्बाङ्गे शब्दहहरूलाई कि त झिकेर फाल्नैपर्छ, होइन भने शुद्ध संस्कृत शब्दहरू वा झर्रा नेपाली उपयुक्त शब्दहरू खोजेर ती ठाउँहरू भर्नैपर्छ । केही घाँटी ख्याप्प पार्ने हिन्दी शब्द यस्ता छन्:
आम, मुद्दा (‘समस्या' का ठाउँमा) अनगिन्ती (अङ्कहरूलाई त हामी गन्छौँ, गिन्दैनौँ, त्यसैले ‘अनगन्ती' हुनुपथ्र्यो), माहौल, तप्का, पहल, महसुस, हाबी, बढावा, पहिचान (‘चिनारी' वा ‘परिचय' का ठाउँमा), राहत, बावजुद इत्यादि सयौं उर्दू शब्दद्वारा नेपाली भाषा निसास्सिँदो छ ।