बुरुन्डीका वातावरण मन्त्रीको गोली हानी हत्या

बुरुन्डीका वातावरण मन्त्रीको गोली हानी हत्या

नैरोवी: बुरुन्डीका एक मन्त्रीको गोली हानी हत्या गरिएको छ। पानी, वातावरण र योजना मन्त्री इम्मानुएल नियोन्कुरुको आइतबार बिहानै राजधानी बुजुम्बुरामा गोली हानेर हत्या भएको प्रहरी प्रवक्ता पाइर्रे कुरिकियले पुष्टी गरेका छन्। उनले ट्वीटरमार्फत मन्त्री इम्मानुएलको हत्या भएको सार्वजनिक गरेका हुन्। 

स्थानीय समयअनुसार मध्यराति १२ बजेर ४५ मिनेट जाँदा घरबाट रोहेरो भन्ने स्थानमा जादै गरेका बेला अपराधिक एक समूहले गोली हानी वातावरण मन्त्री नियोन्कुरुको हत्या गरेका हुन्। घटनास्थलबाट प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ। राष्ट्रपति पेइर्रे कुरुन्जीजाले मृतकका आफन्त र बुरुन्डीका जनताप्रति सहानूभूती व्यक्त गर्दै हत्यारालाई कारबाहीको दायरामा ल्याएरै छोड्ने प्रतिबद्धता जनाएका छन्।

बुरुन्डीमा सन् २०१५ बाट सुरु भएको हिंसाका कारण अहिलेसम्म पाँच सय जनाको मृत्यु भइसकेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.