टर्कीको ‘नाइट क्लब’मा आक्रमण, ३९ को मृत्यु

टर्कीको ‘नाइट क्लब’मा आक्रमण, ३९ को मृत्यु

इस्तानबुलः टर्कीको स्तानबुलस्थित ‘नाइट क्लब’मा आक्रमणकारीहरुले गरेको आक्रमणमा परी ३९ जनाको मृत्यु भएको छ। ६९ भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ।

स्थानीय समय अनुसार राति साढे १ बजे ‘रेइना नाइट क्ल्ब’मा आक्रमणकारीहरुले आक्रमण गरेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा १६ जना विदेशी नागरिक रहेको इस्तानबुल गर्भनरले जनाएका छन्। गर्भनरका अनुसार मृतकमध्ये एक प्रहरी अधिकारी पनि रहेका छन्।

उनका अनुसार आक्रमणकारीले सान्टा क्लजको पहिरन लगाएका थिए। पहिल्लो एक महिनामा भएको चरमपन्थी हमलाका कारण सुरक्षा अवस्थामा उच्च सतर्कता अपनाइएको थियो। शहरमा करिब १७ हजार प्रहरी सुरक्षाका लागि खटाइएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.