बुद्धनगर बहुउद्देश्यीय सहकारी संस्थाले शेयरधनीलाई पाँच प्रतिशत लाभांस दिने

बुद्धनगर बहुउद्देश्यीय सहकारी संस्थाले शेयरधनीलाई पाँच प्रतिशत लाभांस दिने

काठमाडौंः बुद्धनगर बहुउद्देश्यीय सहकारी संस्था काठमाडौंले आफ्ना शेयरधनीलाई पाँच प्रतिशत लाभांस दिने भएको छ।

शनिबार भएको संस्थाको सातौं वार्षिक साधरणसभाले शेयरधनीलाई पाँच प्रतिशत लाभांस दिने निर्णय गरेको हो। साधरण सभाले अध्यक्ष छन्द पन्थीको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष कृष्णप्रसाद भट्टराईको आर्थिक प्रतिवेदन पारित गर्नुको साथै ०७२–०७३ को लेखा परीक्षण प्रतिवेदन पनि पारित गरेको छ।

‘एकका लागि सवै र सवैका लागि एक’ भन्ने मूल नारा रहेको यो सहकारीले विभिन्न रेमिट्यान्स कम्पनीसँग मिलेर रेमिट्यान्स सम्बन्धी काम पनि गर्दै आएको छ। सहकारीमा साधरणसभा हुनेबेलासम्म १८७ सेयर सदस्य संख्या रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ।

त्यसबाहेक सहकारीले ६० लाख ६६ हजार रहेको शेयर पुँजीलाई बढाएर आगामी वर्ष एक करोड पुर्याउने लक्ष्य लिएको छ। साधरण सभासम्म आउँदा सहकारीले ५२ लाख रुपैयाँ लगानी गरेको प्रतिवेदनमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.