अहिलेकै संरचनामा चुनाव गर्न सकिन्छः पौडेल

अहिलेकै संरचनामा चुनाव गर्न सकिन्छः पौडेल

दमौलीः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विद्यमान संरचना अनुसार नै स्थानीय तहको निर्वाचन गर्न सकिने बताएका छन्।

नेपाल प्रेस युनियन तनहुँले दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले स्थानीय तहको पुनःसंरचनामा मधेसवादी दलहरु असन्तुष्ट रहेकाले पुनःसंरचनामा सहमति गर्न नसकिए विद्यमान संरचनामा पनि निर्वाचन गर्न सकिने बताएका हुन्।

‘नयाँ संरचनामा सहमति गर्न सके राम्रो,’ उनले भने,‘नभए यही संरचनामा गरिने निर्वाचन पनि संवैधानिक हुन्छ।’ पौडेलले संविधान संशोधन र निर्वाचन विधेयक दुवै संसदमा रहेको र त्यो पारित भएपछि निर्वाचनको मिति घोषणा गर्ने सरकारको तयारी रहेको भन्दै समयमै चुनाव गर्न नसकिए देश संकटमा जाने बताए।

मधेसवादी दलहरु पहिले संशोधन प्रस्तावको विपक्षमा रहेपनि अहिले सहमत भएको भन्दै उनले एमालेले पनि आफ्ना असहमति केही भए संसदमै छलफल गराउनुपर्ने बताए। ‘नमिलेको कुरा भए संसदमा छलफल गर्न सकिन्छ,’ उनले भने,‘संसदमा छलफल नै गर्न नदिने हो भने विपक्षीको कुरै नसुन्ने व्यवस्था आउन सक्छ।’

उनले त्यस्तो व्यवस्था आउन नदिनका लागि पनि एमालेले संसदीय व्यवस्थाभित्रै रहेर आफ्ना असन्तुष्टि संवोधन गर्नुपर्ने बताए। एमालेलाई संसद अवरोध खुलाउन आग्रह गरेका पौडेलले सीमांकनका कुरा त्यहींभित्र छलफल गरेर सच्याउन सकिने बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.