पेट्रोल पम्पमा चोरी गर्न खोज्ने र गाउँलेबीच झडप, दुई घाइते

पेट्रोल पम्पमा चोरी गर्न खोज्ने र गाउँलेबीच झडप, दुई घाइते

विराटनगर: मोरङको सुन्दरदुलारी नगरपालिका ११ मा रहेको एक पेट्रोल पम्पमा चोरी गर्न आएका युवा र गाउँलेबीच आइतबार राति झडप हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।

कृष्ण आयल ट्रेडर्समा राति १२ बजे रिक्सा चढेर चोरी गर्नका लागि आएका दुई जना युवा र गाउँलेबीच झडप भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाका अनुसार चोरी गर्नका लागि आएका युवाले पम्पको काउन्टरको झ्यालमा लगाएको ग्रील तोडफोड गर्न थालेको थाहा पाएर पम्पमै सुतिरहेका स्थानीय पुष्प सिग्देलले होहल्ला गरेका थिए ।

त्यस लगत्तै भेला भएका गाउँलेले नियन्त्रणमा लिन खोजेपछि ग्रील तोडफोड गर्नेहरुसंग दोहोरो झडप भएको प्रहरीले जनाएको छ । झडपमा परेर सुन्दरदुलारी ६ का ५७ वर्षीय धनबहादुर गुरुङ गम्भीर घाइते भएका छन् । न्युरो अस्पताल विराटनगर ल्याइएका उनलाई त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि नोबेल मेडिकल कलेजमा लगिएको छ । भेन्टिलेटरमा राखेर उपचार थालिए पनि गुरुङको अवस्था चिन्ताजनक रहेको नोबेललाई उद्रित गर्दै प्रहरीले जनाएको छ ।

थापाका अनुसार रिक्सा चढेर आएका दुई जना मध्ये झडप हुन थालेपछि एक जना फरार भएका थिए । अर्का एक जनाले चिरान गरिएको काठले टाउकोमा हान्दा गुरुङ गम्भीर घाइते भएका हुन् । गाउँलेहरुको कुटपिटबाट झ्याल तोडफोड गर्ने एक जना घाइते भएका छन् । प्रहरीले उद्धार गरेर उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको छ । गाउँलेको कुटाईबाट घाइते भएका उनको शरीर भरी चोट र निलडाम छ । उनी झापा गोलधापका २८ वर्षीय भुपेन्द्र गिरी भएको प्रारम्भिक जानकारी आए पनि यकिन भने भइनसकेको थापाले बताए ।

'रातको समयमा पम्पको काउन्टरमा रहेको झ्यालको ग्रील तोडफोड गर्नु भनेको चोरी गर्नकै लागि हो भन्ने प्रष्ट हुन्छ,' उनले भने, 'घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।' घटना लगत्तै फरार भएका अर्का एक जनाको पनि खोजी थालिएको उनले बताए । थापाका अनुसार चोरी गर्नका लागि उनीहरु चढेर आएको रिक्सा र तोडफोडमा संलग्नले स्थानीयलाई प्रहार गरेको चिरान काठ प्रहरीले घटनास्थलबाट बरामद गरेको छ ।

यसैबीच घटनाको विरोधमा स्थानीय बासिन्दाले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुन्दरदुलारी खण्ड अवरुद्ध पारेका छन् । घटनाका दोषीलाई कारवाही हुनु पर्ने र शान्ति सुरक्षाको ग्यारेन्टी हुनु पर्ने माग गर्दै स्थानीय बासिन्दाले टायर, काठ, रुखका गोलिया लगाएर राजमार्ग अवरुद्ध पार्दा सवारी आवागम हुन सकिरहेको छैन । राजमार्ग अवरुद्ध पारिएपछि गन्तव्य सम्म जान नपाएका सयौं सवारी साधनको लाम राजमार्गका दुबैतर्फ लागेको छ । थापाले राजमार्ग संचालनका लागि स्थानीय बासिन्दासंग समन्वय गर्ने काम भइरहेको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.