शुभदिनको औपचारिक सुरुवात
काठमाडौं: शुभदिन मिडिया एन्ड रिसर्च सेन्टर प्रालिद्वारा प्रकाशित शुभदिन डटकमको औपचारिक शुभारम्भ भएको छ । नेपालको आफ्नै सामाजिक सञ्जालका रूपमा शुभदिन डटकम सञ्चालनमा आएको हो ।
अभिव्यक्ति स्वतन्त्रताको नयाँ आयामका रूपमा निर्वाध सूचना प्रवाहका माध्यमबाट समाजका सबै खाले सरोकारमा हरेक नेपालीको पहुँच सुनिश्चित गर्नु यसको उद्देश्य रहेको छ । समाचार कक्षबाट उत्पादित र प्रसारित हुने निरन्तर र खोजमूलक सूचना सामग्रीबाहेक हरेक नेपालीले आफूलाई लागेको, देखेको र भोगेको विषय, मुद्दा वा घटना शुभदिन डटकममा आफैं प्रकाशित गर्न पाउने प्रालिले जनाएको छ ।
शुभदिन डटकममा सूचना सम्प्रेषणबाहेक सार्थक सामाजिक सम्बन्ध एवं अन्तरसंवादलाई प्रोत्साहित गर्न विभिन्न विशेषताका फिचर राखिएका छन् । अटोग्राफ, कज, प्रेइज एन्ड कम्प्लेन, इन्फोटिस, पोल्स र क्लबनामका फिचरबाट शुभदिन फरक परिचय बनाउन सफल हुने कम्पनीले विश्वास लिएको छ ।