कालीका माइक्रोक्रेडिटद्वारा तालिम

कालीका माइक्रोक्रेडिटद्वारा तालिम

काठमाडौं: कालीका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको दुई दिने तालिम सम्पन्न भएको छ । शाखा प्रमुख तथा लेखाका कर्मचारीका लागि आयोजित तालिममा शाखा व्यवस्थापन, लेखा व्यवस्थापन, जोखिम व्यवस्थापन तथा न्यूनिकरण एवं सफ्टवेयरसम्बन्धी विषयमा प्रशिक्षण गराइएको बैकका प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहराले बताएका छन् ।

कुल ४८ जना कर्मचारीलाई संवोधन गर्दै प्रमुख अतिथि नित्यानन्द तिवारीले बैंक व्यवस्थापनले यस किसिमको तालिम आयोजना गरेकोमा प्रशंसा व्यक्त गरे । उनले यसबाट सिकेका कुरा कार्यक्षेत्रमा लागू गनुपर्ने, कर्मचारीको वृत्ति विकासमा प्रयोग गर्नुपर्ने बताए ।

तालिममा प्यासिफिक डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत महेन्द्र अधिकारीले शाखा व्यवस्थापन र जोखिम व्यवस्थापन तथा न्यूनिकरण विषयमा मुक्तिनाथ विकास बैंकका अनुगमन विभाग प्रमुख हरिकृष्ण जोशीले आन्तरिक नियन्त्रण एवं अनुगमन विषयमा, आईटी विभागका भुजलाल पौडेल (कविन्द्र)ले सफ्टवेयर सम्बन्धमा तथा अधिकृत ख्यामकान्त अर्यालले लेखा व्यवस्थापन विषयमा कक्षा सञ्चालन गरेको बोहराले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.