बर्दियामा पनि अन्नपूर्ण रोड सो
बर्दियाः नेपालकै लोकप्रिय दैनिक पत्रिका अन्नपूर्ण पोस्ट्ले बर्दिया जिल्लामा सडक प्रर्दशनी गरेको छ । बाँकेको कोहलपुरस्थित कौशिला नगरमा अत्याधुनिक प्रेस स्थापना गरी पत्रिका प्रकाशन सुरु गरेपछि मध्यपश्चिम क्षेत्रका प्रत्येक कुनाकाप्चाका अन्नपूर्ण पोस्ट् पुर्याउने उद्देश्यले बर्दियाको सदरमुकाम गुलरिया, खैरापुर, सानो श्रीताराताललगायतका स्थानमा प्रर्दशनी गरिएको हो ।
अन्नपूर्ण पोस्ट्का जिल्ला रिपोर्टर, स्थानीय एजेन्सीलगायत डीएमओहरूको समूहले गुलरियाको बसपार्क हुँदै राधाकृष्ण चोक, जिविस रोड, कृषि विकास बैंक हुँदै जिल्ला प्रहरी कार्यालयबाट निलो आयल स्टोर, भन्सार रोडको पुरानो बजारलगायतका क्षेत्रहरूमा रोड सो गरेको थियो ।
गाडी र बाजागाजासहितको र्याली अन्नपूर्ण पोस्ट्को बारेमा जानकारी गराउँदै खैरापुरसम्म पुगेको थियो । रोड सोका माध्यमबाट समयमै पत्रिका आउने सुनेपछि स्थानीय खुसी भएका छन् ।