एक दशकदेखि झोपडीमै विद्यालय सञ्चालन

एक दशकदेखि झोपडीमै विद्यालय सञ्चालन

कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटामा एक दशक अघिदेखि वैजनाथ आधारभूत विद्यालय झोपडीमै सञ्चालन हुँदै आएको छ।

स्थानीय अभिभावकले घरघरबाट काठ र टायल सङ्कलन गरी बनाएको झोपडीमा कक्षा ५ सम्मको पढाइ हुँदै आएको छ। विद्यालय सञ्चालनका लागि बनाइएका झोपडी मर्मत नहुँदा पूरै जीर्ण अवस्थामा रहेका छन्।

विद्यालय भवन निर्माण गरिदिनका लागि जिल्ला शिक्षा कार्यालय, नगरपालिका र अन्य निकायमा पुग्दा समेत सुनवाइ हुन नसक्दा जीर्ण झोपडीमै विद्यालय सञ्चालन हुँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद बोहराले बताए। 'वर्षातका बेला झोपडी पूरै चुहिने भएकाले विद्यालयनै बन्द गर्नुपर्ने अवस्था छ,'उनले भने।

राजनीतिक दलका नेतालाई भेटेर समेत विद्यालयको अवस्थाका बारेमा जानकारी गराउदा समेत वास्तानै नगरेको उनले बताए। विद्यालय सञ्चालनका लागि बनाइएका पाँच वटै झोपडी मर्मतको कार्य नहुँदा भत्कने खतरा समेत उत्तिकै रहेको अभिभावक तिलक खत्रीले बताए।

अभिभावकले विद्यालयका निजी स्रोतमा कार्यरत चार जना शिक्षकको तलब मजदुरी गरेको पैसा सङ्कलन गरी व्यहोर्दै आएका छन्। एक जना शिक्षक मात्रै राहत कोटामा कार्यरत रहेका छन् । बस्तीका अधिकांशले मजदुरी गरी जीविका धान्दै आएकाले आर्थिक रकम सङ्कलन गरी विद्यालय भवन निर्माण गर्ने अवस्था नरहेको अर्जुन बोहराले बताए।

बालबालिकालाई पढाउनका लागि अन्यत्र पठाउन समेत सकिने अवस्था छैन उनले भने,'तीन किलोमिटर टाढाको विद्यालय जानका लागि बस्ती नजिकै खोला पर्ने भएकाले वर्षात्का बेला तर्न सकिने अवस्थानै छैन।' बाध्य भएर झोपडीमै बालबालिकालाई पढ्नका लागि पठाउँदै आएको उहाँको भनाइ रहेको छ । विसं २०६२ मा स्थापना भई सञ्चालनमा आएको विद्यालयमा झन्डै १०० बढी बालबालिका अध्ययनरत रहेका छन् । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.