दुई युवतीलाई २३ वर्षअघि भारतको वेश्यालयमा बेच्ने व्यक्ति पक्राउ

दुई युवतीलाई २३ वर्षअघि भारतको वेश्यालयमा बेच्ने व्यक्ति पक्राउ

काठमाडौँ: दुई युवतीलाई २३ वर्षअघि भारतमा लगि वेश्यालयमा बेच्ने कार्यमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

जिउ मास्ने बेच्ने मुद्दामा पुनरावेदन अदालत पाटनको २०५८ असोज १७ गतेको फैसलाले पाँच वर्ष कैद हुने ठहर भई सजाय नभोगी फरार रहेका मकवानपुर पदमपोखरीका ४३ वर्षीय भोटे लामा भन्ने ल्वाङ लामालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले मकवानपुरबाट पक्राउ गरेको हो।

ब्युरोले पक्राउ गरी फैसला कार्यान्वयनका लागि मकवानपुर जिल्ला अदालतमा पेस गरेकामा अदालतको आदेशले कैद भुक्तानको लागि आज भीमफेदी कारागार मकवानपुरमा पठाएको ब्युरोले जनाएको छ। विसं २०५० भदौ महिनामा कुपण्डोलस्थित गलैँचा कारखानामा काम गर्ने दुई युवतीलाई लामासहित प्रतिवादी गोपाल स्याङ्तान र ज्ञानु भन्ने तितुङ तामाङले बस चढाई भारतको मुम्बईस्थित वेश्यालयमा पुर्‍याएर बेचेका थिए।

प्रतिवादी स्याङ्तानले दुईमध्ये एक युवतीलाई विवाह गर्छु भनी झुक्याई साथै अर्की युवतीलाई समेत लगि भारु ५० हजारका दरले बेचेका थिए। आफूले श्रीमती बनाई ल्याएकी युवतीको बिक्रीबाट आएको भारु ५० हजार रकम प्रतिवादी स्याङ्तान एक्लैले लिएको र बाँकी भारु ५० हजार तीनैजना प्रतिवादीहरुले खर्च कटाई भागबन्डा गरी लिएको अनुसन्धानबाट खुल्न आएको ब्युरोले जनाएको छ।

काठमाडौं जिल्ला अदालतबाट धरौटी तारेखमा छुटेका प्रतिवादी लामा फैसलापछि फरार रहेकामा हाल पक्राउ परेका हुन्।

यसैबीच ब्युरोले चोरी मुद्दामा मकवानपुर जिल्ला अदालतको २०७२ जेठ २८ गतेको फैसलाले ११ वर्ष आठ महिना ३० दिन कैद तथा सात लाख ९८ हजार १ सय ४४ रुपैयाँ जरिवाना हुने ठहर भई उक्त सजाय भुक्तान नगरी हालसम्म फरार रहेका हेटौँडा उपमहानगरपालिका बस्ने चिम्पान भन्ने २४ वर्षीय सुरज श्रेष्ठलाई पुस १४ गते सानोभर्‍याङ काठमाडौँबाट पक्राउ गरेको छ ।

पक्राउपछि फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेकामा अदालतको आदेशले कैद भुक्तानका लागि केन्द्रीय कारागार काठमाडौँमा पठाइएको ब्युरोले जनाएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.