'संशोधन विधेयक फिर्ता नलिए संसदको आयु सकिन्छ '

'संशोधन विधेयक फिर्ता नलिए संसदको आयु   सकिन्छ '

भक्तपुरः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले निर्वाचनका सवालमा कुनै पक्षबाट धम्की आए तत्कालै सरकार छाड्नुपर्ने बताएका छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले सार्वभौम सरकारले भित्री वा बाहिरी पक्षको धम्कीका कारण निर्वाचनलाई पर धकेल्न नहुने बताए ।

मधेसी मोर्चा बिना नै निर्वाचन सम्भव रहेको भन्दै बिजुक्छेले तत्काल निर्वाचन सम्भव भएको स्थानमा निर्वाचन गर्ने र बाँकी रहेका स्थानमा पछि निर्वाचन गर्न सकिने बताए ।

उनले संसदमा संशोधन विधेयक फिर्ता नलिए सरकारको आयु सकिने भन्दै संसद्बाटै निर्वाचनसम्बन्धी विधेयक पास गरी तोकिएकै समयमा सम्भव भएका स्थानमा निर्वाचन हुने बताए ।

निर्वाचनअघि नै सत्ता समीकरण बदल्न सक्ने अवस्था हिजो पनि रहेको र आज पनि रहेको भन्दै नेता बिजुक्छेले माओवादीकै कारण एमाले र काँग्रेसको समीकरणमा नयाँ सरकार बन्ने टिप्पणी गरे ।

उनले अङ्गीकृत नागरिकलाई जसरी जन्मसिद्ध नागरिकसरह अधिकार दिने चलखेल हुँदैछ, दक्षिणतर्फका लागि मात्र नभएर उत्तरतर्फकाले समेत यो अधिकार मागे नेपालीभन्दा विदेशी जनसङ्ख्या बढी हुने र नेपाली अल्पमतमा पर्ने दाबी गरे । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.