सूचना टाँसेर संसद् स्थगित, सभामुखले डाकेको बैठकमा शीर्ष नेताहरु नै गएनन्
काठमाडौंः विपक्षीको अवरोधपछि साढे दुई घन्टाका लागि स्थगित गरिएको व्यवस्थापिका संसदको बैठक सूचना टाँस गरी फेरि स्थगित भएको छ।
सोमबार दिउँसो सबा एक बजे बसेको संसद्को बैठक एमालेलगायतका विपक्षी दलको अबरोधका कारण अबरुद्ध भएपछि सभामुख ओनसरी घर्तीले अपरान्ह ४ बजेसम्मका लागि बैठक स्थगित गरेकी थिइन्। गतिरोध हटाउने सभामुखको पहल निश्कर्षबिहिन भएपछि बैठक मंगलबार एक बजे बोलाइएको छ।सभामुखले अपरान्ह बोलाएको बैठकमा शीर्ष दलका नेताहरु अनुपस्थित भएका थिए।
यसअघि अवरुद्ध संसद खुलाउन तथा गतिरोधको निकास खोज्न सिंहदरबार बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक विनानिष्र्कष सकिएको थियो।
संविधान संशोधन फिर्ता लिनुपर्ने र चुनाव घोषणा नभइकन संसद् चल्न नदिने अडान एमालले राखेको छ। एमालेलगायतका विपक्षीको अवरोधका कारण एक महिनादेखि संसद् अवरुद्ध छ।