कल बाइपास गरेको आरोपमा तीनजना पक्राउ

कल बाइपास गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले काठमाडौँ र पोखरामा बसी अवैध रुपमा कल बाइपास गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ।

व्युरोबाट खटिएको टोलीले कोटेश्वर, पोखरालगायत देशका विभिन्न भागमा बसेर कल बाइपास गरेको आरोपमा ललितपुरका राकेश गिरी, रुकुम घर भई काठमाडौँ कोटेश्वर बस्ने गणेशकुमार मल्ल र रुकुम घर भई पोखरा बस्दै आएका शिवचन्द्र रोक्कालाई पक्राउ गरेको हो।

व्युरोले सोमबार पत्रकार सम्मेलन गरी अवैधरुपमा कल बाइपास गरेको अवस्थामा ९६ पोर्ट बरामद गरेको जनाएको छ। व्युरोका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले पछिल्लो समय नेपालमा कल बाइपासको घटना बढेको बताए। उनले भने,'दूरसञ्चार ऐनमा यससम्बन्धी प्रावधान कमजोर रहेको र यसबाट राम्रो आम्दानी हुने गरेकाले मानिसहरु पटक-पटक यो धन्दामा लागेका छन्।'

व्युरोले हालसम्म ९४ स्थानमा अवैध कल बाइपास गरेको आरोपमा ११० नेपाली र ३१ विदेशीसहित १४१ लाई पक्राउ गरेको जनाएको छ भने ११ अर्ब ६८ करोड ३८ लाख रुपैयाँ बिगो माग दाबी लिइएको छ ।

यस्तै व्युरोले दलालसँग मिलेर नक्कली जग्गाधनी बनाई जग्गा बिक्री गरेको आरोपमा मालपोतका शाखा अधिकृत मीनबहादुर भट्टराईसहित तीनजनालाई पक्राउ गरेको छ। विसं २०६६ मा भट्टराई काठमाडौँ मालपोत कार्यालयमा रहँदा चितवनका लोकेन्द्रराज पाठकको नाममा रहेको जग्गा पाठकको भतिजा जीवनराज पाठकको नाममा नागरिकता बनाई बिक्री गराउन लागेको आरोपमा पक्राउ गरेको हो।

उनीसँगै जग्गा दलालीमा संलग्न मोरङका देवेन्द्र थापा, इटहरीका नगेन्द्र कार्कीलाई समेत प्रहरीले पक्राउ गरेको छ। व्युरोका प्रहरी नायब महानिरीक्षक सिलवालले धेरै नाफा कमाउने उद्देश्यका साथ कर्मचारीसँग मिलेर ठगी गरेको बताए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.