यस्ता छन् एमालेले सडक तताउन तयार गरेका ११ नारा
काठमाडौंः नेकपा एमाले जनप्रदर्शनको तयारीका लागि ११ वटा नारा तयार पारेको छ।
पार्टी सचिव एवं केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीको अध्यक्षतामा सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको मूल व्यवस्थापन उपसमितिको बैठक पुस २२ गते राजधानीमा गर्ने जनप्रदर्शनका लागि ११ वटा नारा तय गरेको हो।
बैठकले एमालेले जनप्रदर्शनका लागि ‘राष्ट्रघात, विखण्डन र जनविरोधी संशोधनविरुद्ध राष्ट्रिय एकता ! संविधान कार्यान्वयन र निर्वाचनका लागि हाम्रो प्रतिवद्धता !’ भन्ने मूल नारा पनि तय गरेको छ। बैठकले पुस २२ गतेका लागि पार्टीका सबै प्रकारका संगठनहरुले यही नारालाई आधिकारिक नारा बनाएर ब्यानरहरु बनाउनसमेत निर्देशन समेत दिएको छ।
यस्ता छन् एमालेले तयार पारेका ११ नाराः
(१) संविधान संशोधन विधेयक खारेज गर,
निर्वाचनको मिति घोषणा गर !
(२) संविधानमाथिको प्रतिघात,
संशोधनमार्फत् राष्ट्रघात !
(३) विखण्डनवाद मूर्दावाद,
जनताको एकता जिन्दावाद !
(४) तराई–पहाड एउटै ज्यान
नेपाली हाम्रो पहिचान !
(५) राष्ट्रिय स्वाभीमान–जिन्दावाद,
लम्पसारवाद – मूर्दावाद !
(६) वाह्य हस्तक्षेप बन्द गर !
(७) के शहर के गाउ“,
राष्ट्रिय शक्ति एकै ठाउ“ !
(८) सङ्घीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद !
(९) हत्या हिंसा आतंक बन्द गर,
शान्ति सुरक्षा कायम गर !
(१०) हिमाल पहाड तराई– कोही छैन पराई !
(११) आदरणीय शहीदहरु –अमर रहून् !