बग्दादमा कार बम आक्रमणमा ३२ को मृत्यु

बग्दादमा कार बम आक्रमणमा ३२ को मृत्यु

बग्दादः इराकको राजधानी बग्दादको छिमेकमा पर्ने अत्याधिक जनघनत्व भएको एक इलाकामा सोमबार एक कार बम विस्फोट हुँदा त्यसमा परी कम्तीमा ३२ व्यक्तिको मृत्यु भएको छ ।

यस आक्रमणमा परी अन्य दर्जनौ व्यक्ति घाइते भएका प्रहरी र अस्पतालका अधिकारीले जानकारी दिएका छन् । आक्रमणमा सदर सरहको विभाजन रेखामा कामको लागि फर्खिरहेका श्रमिक परेका जानकारी दिइएको छ ।

इराकको राजधानी बग्दादको उत्तरपूर्वीको छिमेकमा पर्ने यस इलाकामा आतङ्ककारीले सिया मुसलमान समुदायलाई लक्षित गर्दै बारम्बार आक्रमण गर्दै आएका छन् ।

यस विस्फोटनपछि बाक्लो धुवाँको मुस्लो आकासमा फैलिएको र घाइतेलाई त्यस इलाकाबाट अस्पतालतर्फ लगिएको एक सामाजिक सञ्जालले देखाएको छ ।

सोमबार भएको आक्रमणको तत्काल कुनै पनि समूहले जिम्मा लिएको छैन् । तर यसअघि भएका यस प्रकारको आक्रमणमा (इस्लामिक स्टेट) आइएस आतङ्ककारी समूहले जिम्मा लिर्दै आएका हुनाले यस आक्रमणमा पनि यसै समूहको हात रहेको अनुमान गरिएको छ ।

नयाँ वर्षको पूर्व सन्ध्यामा भएका दुई विस्फोटनको पनि आइएसले नै दाबी गरेको छ । मध्य बग्दादमा गत शनिबार भएको यस विस्फोटनमा परी कम्तीमा २७ व्यक्तिको मृत्यु भएको थियो । रासस /एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.