ह्याकिङबारे मलाई थाहा छःट्रम्प

ह्याकिङबारे मलाई थाहा छःट्रम्प

वासिङटनः अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्याकिङको बारेमा आफूलाई केही थाहा भएको बताएका छन् । अरूले थाहा नपाएको केही कुरा आफूलाई जानकारी भएको र त्यसलाई यसै साता खुलासा गर्ने उनले बताएका छन् ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाको सरकारले रूसले ह्याकिङ गरेर अमेरिकी राष्ट्रपतिको निर्वाचन प्रभावित बनाएको आरोप लगाउँदै आएको छ । यसै विषयलाई आधार बनाएर अमेरिकाले अमेरिकास्थित ३५ जना रूसी कूटनीतिज्ञलाई देश निकाला समेत गरेको छ । दुईवटा रूसी संस्थालाई प्रतिबन्ध लगाएको छ ।

रूसले भने यसको प्रतिक्रियामा अमेरिकी कूटनीतिज्ञमाथि कुनै कारबाही गरेको छैन । ओबामा प्रशासनको कुनै प्रभाव नभएको बताउँदै ट्रम्पको व्यवहार हेरेर आफूले त्यसको जवाफ दिएको छ । यसै विषयलाई लिएर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी कूटनीतिज्ञलाई निष्काशन नगरेर बुद्धिमानी देखाएको उनको भनाइ थियो । पुटिन भलाद्मी नेता भएको भन्दै उनले प्रशंसा पनि गरेका थिए ।

अमेरिकी गुप्तचर संस्थाले पनि अमेरिकी राष्ट्रपतिको निर्वातनमा रूसले ह्याकिङ गरेर परिणाम ट्रम्पको पक्षमा पारेको प्रतिवेदन बुझाएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्प भने अमेरिकी गुप्तचर संस्थाको प्रतिवेदनसँग सहमत छैनन् । उनले नयाँ वर्षको अवसरमा पाम बीचस्थित क्लबको बाहिर पत्रकारलाई भने, ‘ह्याकिङको बारेमा मलाई केही कुरा थाहा छ । ह्याकिङ भयो भनेर प्रमाणित गर्न मुस्किल काम हो ।' ह्याकिङ रूसले नगरेर अरू कसैले पनि गरेको हुनसक्ने उनको प्रतिक्रिया थियो ।

उनले थाहा पाएको कुरा भन्न पत्रकारले गरेको आग्रहपछि उनले यसको जवाफ मंगलवार वा बुधवार दिने उनले बताए । ह्याकिङको विषयमा ट्रम्पले अमेरिकी गुप्तचर अधिकारीसँग आफूले भेट्न चाहेको गत साता बताएका थिए ।

यस्ता आरोप पत्याउन सहज छैन । अमेरिकी गुप्तचर संस्थाले इराकी राष्ट्रपति सद्दाम हुसेन सरकारमाथि लगाएको आरोप गलत भएको पनि उनले स्मरण गरे । इराकमा परमाणु हतियार छ भनेर गलत सूचना दिएर गुप्तचर विभागले गल्ती गरेको पनि उनले स्पष्ट पारे ।

यसैगरी ट्रम्पले सूचना आदान प्रदानका इमेलको साटो चिठी र कुरियर प्रयोग गर्ने जानकारी दिएका छन् । उनले संसारका कुनै पनि कम्प्युटर सुरक्षित नभएको आफ्नो धारणा राखेका छन् । सूचनालाई गोपनीय एवं सुरक्षित राख्नका लागि कुनै पनि कम्प्युटर सुरक्षित जभएको उनले दाबी गरे ।

उनको यो अभिव्यक्ति आएलगत्तै उनको प्रशासनले अनलाइन छलफल बन्द गर्ने आशंका गरिन थालेका छन् । अमेरिकी प्रशासनका दैनिक काम कारबाहीदेखि अन्तर्राष्ट्रिय सम्बन्धका काम कसरी ट्रम्प प्रशासनले सञ्चालन गर्ने भनेर प्रश्न उठ्न थालेका छन् ।

ट्रम्पले ट्विटर भने प्रयोग गर्दै आएका छन् । ट्विटर बाहेक अरू कामका लागि उनले कम्प्युटर र इमेल निकै कम प्रयोग गर्ने गरेका छन् । उनले भने, ‘गोपनीय सूचना कसैसमक्ष पुर्‍याउनु छ भने लेखेर कुरियर गर्नुपर्छ । यसैगरी पहिले काम चलेको थियो । कुनै कम्प्युटर सुरक्षित छैनन् । कम्प्युटर सुरक्षा भनेर मानिसले जेसुकै भनून् म त्यस्तो कुरा पत्याउँदिनँ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.