होन्डाको सामाजिक अभियान
काठमाडौंः होन्डा मोटरसाइकल र स्कुटरको नेपालका लागि अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले आठ विभिन्न गैरसरकारी संस्थासँग सहकार्य गरेर सामाजिक सञ्जालको माध्यम बनाइ ‘आई डिओ’डी आईटी’ नामक सिएसआर अभियान सुरु गरेको छ । यस अभियानअन्तर्गत आठ हप्ताको समयमा आठ विभिन्न गैरसरकारी संस्थालाई प्रतिसंस्था एक लाख रुपैयाँ प्रदान गरिने भएको छ ।
प्रतियोगिता पूर्णरूपमा सामाजिक सञ्जालको लाइक र सेयरमा आधारित हुनेछ । प्रतियोगितामा भाग लिन प्रतियोगीले सामाजिक सहकार्यमा साथ दिनाको कारण खुलाएर रमाइलो र हास्यास्पद भिडियो बनाउनुपर्नेछ । उक्त भिडियोलाई ‘आई डिओ’डी आईटी’ भनेर अन्त्य गरी फेसबुक डट कम÷होन्डानेपालमा हाल्नुपर्नेछ ।
फेसबुक वालमा एकैचोटी भिडियो पोस्ट भइसकेपछि प्रतियोगीले उक्त भिडियोलाई सेयर गरी अधिकतम लाइक प्राप्त गर्नुपर्नेछ । प्राप्त लाइकलाई आधार मानी हरेक हप्ता एक जना प्रतियोगीले २५ हजार रुपैयाँ नगदका साथै आफ्नो रोजाइको सामाजिक कार्यका लागि एक लाख रुपैयाँ प्रदान गर्ने अवसर पनि प्राप्त गर्नेछन् । यतिमात्र नभएर सबैभन्दा बढी लाइक प्राप्त गर्ने भिडियोले अन्त्यमा एक लाख पुरस्कारसमेत प्राप्त गर्नेछ ।