एनसीसी बैंकको व्यवस्थापन हस्तान्तरण
काठमाडौंः नेपाल राष्ट्र बैंकले नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडको व्यवस्थापन हस्तान्तरण गरेको छ । एनसीसी बैंकमा चारवटा विकास बैंकहरु इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेसनल डेभलपमेन्ट बैंक गाभिएर एकीकृत वित्तीय कारोबार सुरु भएसँगै राष्ट्र बैंकले तदर्थ सञ्चालक समितिलाई व्यवस्थापन हस्तान्तरण गरेको हो ।