हिमालयन बैंकको सहयोग

हिमालयन बैंकको सहयोग

काठमाडौं ः हिमालयन बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भक्तपुर उपमहानगरपालिका, भिमसेनस्थानस्थित ‘सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं वृद्धा श्रम’ लाई सहयोग प्रदान गरेको छ ।

बैंकले सहयोग स्वरूप उक्त अस्पताल तथा वृद्धा श्रमलाई १० हजार थान ओपीडी टिकट बुक, दुई थान ३२ इन्चको टेलिभिजन र दुई थान कम्प्युटर सेट प्रदान गरेको छ ।

२०५९ मा स्थापित उक्त अस्पताल भक्तपुर क्षेत्रकै प्रतिष्ठित अस्पताल हो । अस्पतालले विशेषतः बाल स्वास्थ्य, प्रसूति तथा स्त्रीरोगसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।

विभिन्न स्वदेशी तथा विदेशी दाताको सहयोगमा सञ्चालित यस प्रतिष्ठानले अस्पालका साथै वृद्धा श्रमसमेत सञ्चालन गरिरहेको छ ।
बैंकका तर्फबाट महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग सामग्री प्रतिष्ठानका संस्थापक अध्यक्ष श्यामसुन्दर धौभडेललाई हस्तान्तरण गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.